५ असार २०८३, शुक्रबार
Advertisement
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु पुष्टि भएपछि आजदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ ।संक्रमण थप फैलिन नदिन र आगन्तुकको सुरक्षाका लागि चिडियाखाना प्रशासनले सम्पूर्ण गतिविधिहरू स्थगित गरेको छ ।
चिडियाखानाका अनुसार संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि आजदेखि नै लागु हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधिहरू स्थगित गरिएको छ ।



