×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

नागढुंगा सुरुङमार्गको उद्घाटन

माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

गाँजा विधेयक फर्कियो संसद्‌मै

जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल: सेती अस्पतालको आइसीयूमा सारिए

लोकप्रिय समाचार

  • १. पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २. बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३. प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४. भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५. गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६. जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ७. एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

  • ८. हरिशयनी एकादशीःआज तुलसीको बिरुवा सारिँदै

  • ९. बङ्गलादेशी उत्पादनले पाउने भयो चितवनको तीज एक्स्पोमा स्थान, अन्तर्राष्ट्रिय व्यापार सहकार्यका लागि सम्झौता

  • १०. मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: पोखरा–भैरहवा अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट, मिटरब्याजका फर्जी कागज अवैध, शिक्षा–स्वास्थ्य समता

भरतपुरमा जेष्ठ १६ र १७ गते दोस्रो बागमती साहित्य महोत्सव–२०८३ हुने


२०८३ जेष्ठ १३, बुधबार

Advertisement

श्रीखबर/ भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको संयोजन तथा वागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय को आयोजनामा दोस्रो बागमती साहित्य महोत्सव–२०८३ आगामी जेठ १६ र १७ गते नारायणगढस्थित उद्योग वाणिज्य संघ चितवन को सभाहलमा हुने भएको छ।

गत वर्ष धादिङको नीलकण्ठ नगरपालिकामा सम्पन्न पहिलो बागमती साहित्य महोत्सवपछि यसपटक भरतपुर महानगरपालिकाले महोत्सव संयोजन गर्ने अवसर पाएको हो।

महोत्सवलाई भव्य, मर्यादित र सबैको अपनत्व महसुस हुने गरी सम्पन्न गर्न चितवन र गैँडाकोटका प्रज्ञा प्रतिष्ठानहरू, २९ वटा साहित्यिक तथा सांस्कृतिक संघसंस्था र १० वटा सरकारी, गैरसरकारी तथा निजी प्रतिष्ठानहरूको सक्रिय सहयोग रहने आयोजकले जनाएको छ।

महोत्सवको पहिलो दिन जेठ १६ गते बिहान ७ बजे लायन्स चोकबाट नेपाली साहित्य, कला र संस्कृतिको झल्को दिने विभिन्न जातीय झाँकीसहित प्रभातफेरी सुरु हुनेछ। प्रभातफेरी शहीदचोक र पुल्चोक हुँदै उद्योग वाणिज्य संघ नारायणगढसम्म पुग्नेछ।

महाेत्सवकाे बिहान ९ बजे बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ काे प्रमुख आतिथ्यमा उद्घाटन गरिने प्रतिष्ठानका महानगर अध्यक्ष प्रा.डा. नारायणप्रसाद खनालले जानकारी दिनुभयो ।

कार्यक्रमकाे बारेमा जानकारी गराउने उद्देश्यले १३ गते गरिएकाे पत्रकार सम्मेलनमा प्रदेशका सस्कृति तथा पर्यटन मन्त्री सुरेन्द्र श्रेष्ठसहित उपस्थित थियाे । उद्घाटन समारोहमा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, प्रदेश सचिव दीपेन्द्र सुवेदी लगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिता रहनेछ बताइएको छ।

कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले “बागमतीको साहित्य : हिजो र आज” विषयमा विशेष प्रवचन दिनुहुने कार्यक्रम तयभएकाे अध्यक्ष खनालले बताउनुभयो । महोत्सवमा ९ वटा सत्रमार्फत साहित्य, कला, नाटक, कविता, गजल तथा समसामयिक विषयमा बहस र परिसंवाद गरिनेछ। “नेपाली साहित्यमा नारी लेखन”, “पठन संस्कृतिको उत्कर्ष कि अपकर्ष”, “वर्तमान नेपाली नाटकको तस्वीर”, “डिजिटल युगमा कला र साहित्य”, “नेपाली साहित्यमा सीमान्तकृत आवाज” लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रममा थारु लोकनृत्य, गीत–संगीत, शंखध्वनि, सनही वादन तथा सारङ्गी धूनजस्ता सांस्कृतिक प्रस्तुति पनि रहनेछन्। महोत्सवको समापन “बागमती घोषणापत्र” जारी गर्दै गरिने बताइएको छ।

महोत्सव सफल बनाउन भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीको संरक्षकत्व तथा प्रा. डा. नारायणप्रसाद खनाल को संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

यसैगरी प्राज्ञ परिषद्का सदस्य केदारनाथ खनाल र डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्य को संयोजकत्वमा कार्यक्रम तर्जुमा तथा व्यवस्थापन समिति गठन गरिएको छ।

महोत्सवका लागि मन्त्रालयबाट १० लाख र महानगरपालिकाबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कुल १७ देखि २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।

महाेत्सवमा बागमती प्रदेश भित्रका कृयाशील साहित्यिक सँस्थाका साथै प्रतिषठित साहित्यकारहरुकाे उपस्थिति रहने बताइएको छ।

बुधबार, जेठ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नागढुंगा सुरुङमार्गको उद्घाटन
माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा
आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?
एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श
प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन
गाँजा विधेयक फर्कियो संसद्‌मै

लोकप्रिय

  • १.
    पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २.
    बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४.
    भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५.
    गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

भर्खरै

  • १.
    नागढुंगा सुरुङमार्गको उद्घाटन

  • २.
    माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

  • ३.
    आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

  • ४.
    एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

  • ५.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ६.
    गाँजा विधेयक फर्कियो संसद्‌मै

  • ७.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ८.
    एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.