×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

नागढुंगा सुरुङमार्गको उद्घाटन

माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

गाँजा विधेयक फर्कियो संसद्‌मै

जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल: सेती अस्पतालको आइसीयूमा सारिए

लोकप्रिय समाचार

  • १. पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २. बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३. प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४. भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५. गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६. जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ७. एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

  • ८. हरिशयनी एकादशीःआज तुलसीको बिरुवा सारिँदै

  • ९. बङ्गलादेशी उत्पादनले पाउने भयो चितवनको तीज एक्स्पोमा स्थान, अन्तर्राष्ट्रिय व्यापार सहकार्यका लागि सम्झौता

  • १०. मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: पोखरा–भैरहवा अन्तर्राष्ट्रिय उडानमा शुल्क छुट, मिटरब्याजका फर्जी कागज अवैध, शिक्षा–स्वास्थ्य समता

देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्ने


४ पुस २०८१, बिहिबार

Advertisement

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा राष्ट्रिय समाचार समिति९रासस०ले आफ्ना स्थानीय समाचारदाताको क्षमता अभिवृद्धि गर्न यहाँ आयोजना गरेको तालिमको आज समापन गर्दै उहाँले राज्यबाट भएका विकास–निर्माणका गतिविधिका साथै सेवा प्रवाहका बारेमा सकारात्मक सूचनालाई पहिलो प्राथमिकतामा राखेर सञ्चारकर्मीले काम गर्नुपर्नेमा जोड दिनुभयो । तथ्यहीन समाचारले आमनागरिकमा निराशा पैदा गरेकाले त्यसलाई चिर्नु सञ्चारकर्मीहरुको दायित्व हो भन्दै मन्त्री भण्डारीले देश र जनताका पक्षमा पत्रकारले सशक्त ढङ्गले कलम चलाउनुपर्ने बताउनुभयो ।

“सङ्घीयता कार्यान्वयनमा आएपछि भएका विकास र परिवर्तनका विषयलाई सही ढङ्गले जनसमक्ष प्रस्तुत नहुँदा नागरिक निराश हुँदै गएका छन् । यहाँ आशावादी कुराभन्दा निराशावादी कुरा गर्दै हिँड्नेहरु धेरै छन् जसले गर्दा समाजमा भ्रम फैलिएको छ, यसलाई चिर्नु पत्रकारको दायित्व हो । पत्रकारले राजनीतिकर्मीलाई रचनात्मक आलोचनाका माध्यमबाट खबरदारी गर्नुपर्छ, सङ्घीयता सेतोहात्ती होइन भन्ने कुरा प्रष्ट पार्दिनुस् ।” मन्त्री भण्डारीले भन्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्घीयता कार्यान्वयनमा आएपछि गति लिएका विकास–निर्माणका कार्यलाई केन्द्रमा राखेर कलम चलाउन समाचारदाताहरुलाई निर्देशन दिनुभयो । मुलुक सङ्घीय संरचनामा गइसकेपछि सञ्चालनमा आएका विकास–निर्माणका विशाल परियोजनाहरुले गति लिए पनि जनता लाभान्वित हुने ती आयोजनाबारे सञ्चारकर्मीले पर्याप्त मात्रामा समाचार एवं विश्लेषण नलेखेका बताउनुभयो ।

विकास पत्रकारिताका माध्यमबाट नागरिकमा व्याप्त निराशालाई आशामा परिणत गर्न सकिने भएकाले त्यसबाट सञ्चारकर्मी चुक्न नहुनेमा कार्यकारी अध्यक्ष झाले जोड दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले सहभागी पत्रकारलाई विकास पत्रकारिता गर्न सुझाव दिनुभयो । पत्रकारप्रति नागरिकको विश्वास बढी हुने भएकाले जिम्मेवार भएर कलम चलाउन आग्रह गर्नुभयो ।

रासस सञ्चालक समिति सदस्य शङ्कर खरेलले प्रशिक्षणमा सिकेका सीप व्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री हिक्कमतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सङ्घीयतालाई सबल बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशीला पाठकले पत्रकारले पठन संस्कृतिको विकास गर्न जरुरी रहेको बताउनुभयो ।

प्रशिक्षार्थीका तर्फबाट रासस इलाम संवाददाता राम योङ्हाङले तालिममा सिकेका सैद्धान्तिक सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का प्रशिक्षार्थी मोरङ संवाददाता गोपाल काफ्लेले तालिमबाट समाचार पहिल्याउने ज्ञान बढेको बताउनुभयो ।

रासस कोशी प्रदेश प्रमुख मोहम्मद सदरुलले व्यावसायिक रुपमा समाचार सम्प्रेषण गर्न तालिम उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो तालिममा कोशी प्रदेशका सबै जल्लाका रासस संवाददाताहरुको सहभागिता थियो । रासस

बिहिबार, पुष ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नागढुंगा सुरुङमार्गको उद्घाटन
माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा
आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?
एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श
प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन
गाँजा विधेयक फर्कियो संसद्‌मै

लोकप्रिय

  • १.
    पुष्पलालको स्मृति, बामपन्थी एकताको बहस र इतिहासको कठोर प्रश्न- `स्वार्थमाथि उठे मात्रै सम्भव हुन्छ दिगो एकता´

  • २.
    बागमती सरकारबाट एमाले बाहिरियो, सबै मन्त्रीको संयुक्त राजीनामा

  • ३.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ४.
    भानु बाेर्डिङमा जङ्क फुडमाथि पूर्ण प्रतिबन्ध, अभिभावकलाई घरकै स्वस्थ खाजा पठाउन आग्रह

  • ५.
    गुडिरहेको आगलागी हुँदा चालकको मृत्यु

  • ६.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

भर्खरै

  • १.
    नागढुंगा सुरुङमार्गको उद्घाटन

  • २.
    माैलिक परम्परालाई निरन्तरता दिदै बर्दियाका थारु समुदायले गरे हरेरी पूजा

  • ३.
    आमाको कोखदेखि समाजको कठघरासम्म : सन्तान नहुँदाको पीडा महिलाले हजार गुणा बढी किन बोक्छिन् ?

  • ४.
    एमाले–नेकपा समीकरणपछि काँग्रेस सक्रिय: सातै प्रदेशका नेतासँग रणनीतिक परामर्श

  • ५.
    प्रदेशमा एमाले–नेकपाको सहमति : नयाँ सत्ता समीकरणले बदल्दै नेपालको राजनीतिक शक्ति सन्तुलन

  • ६.
    गाँजा विधेयक फर्कियो संसद्‌मै

  • ७.
    जेएन थपलिया बागमतीका नयाँ मुख्यमन्त्री बन्दै

  • ८.
    एमाले र नेपाली कम्युनिस्ट पार्टी बीच सरकार बनाउने सहमति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.