×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

२०८३ भदौ १३, शनिबार
श्रीखबर/चितवन नेपाल पत्रकार महासंघ चितवन शाखाले समाचार संकलनका क्रममा पत्रकारमाथि अवरोध गर्दै मोबाइल खोसेर फोटो तथा भिडियो मेटाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ चितवन शाखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ १० गते आएको भोटेकोशी बाढीले सबैलाई त्रसित बनाएको अवस्थामा बाढीबाट भएको जनधनको क्षतिबारे निरन्तर जानकारी दिनु पत्रकारको पेशागत कर्तव्य भएको उल्लेख गरिएको छ।
यसै क्रममा चितवनस्थित नारायणी नदीमा फेला परेका पहिचान हुन नसकेका शव व्यवस्थापनका लागि जलदेवी सामुदायिक वनभित्र बनाइएको संरचनाबारे रिपोर्टिङ गर्न पुगेका पत्रकारलाई समाचार संकलनमा अवरोध गरिएको महासंघले जनाएको छ।
पत्रकार महासँघ चितवनले विज्ञप्ति जारी गर्दै रिपोर्टिङका क्रममा पुगेका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वअध्यक्ष महासँघका बागमती प्रदेशका महासचिव राधेश्याम  खतिवडा तथा पत्रकार सन्तकुमार चौधरीलगायत पत्रकारलाई समाचार संकलनमा अवरोध गर्नुका साथै पत्रकार खतिवडाको मोबाइल नियन्त्रणमा लिएर त्यसमा रहेका फोटो तथा भिडियो मेटाइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ।
उक्त घटनाले पत्रकारको सूचना संकलन गर्ने अधिकार तथा प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै महासंघले आपत्ति जनाएको छ।
सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गर्ने अधिकार सुनिश्चित गर्न सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने महासंघको माग छ।
महासंघले पत्रकारलाई समाचार संकलनमा सहज वातावरण निर्माण गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपाल पत्रकार महासंघले विगतमा पनि समाचार संकलनका क्रममा पत्रकारमाथि अवरोध तथा सञ्चार सामग्री खोसिएका घटनालाई प्रेस स्वतन्त्रतासँग जोडेर आपत्ति जनाउँदै आएको छ।

Advertisement

शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.