×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • २. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

२०८३ भाद्र १७, बुधबार

Advertisement

श्रीखबर/चितवन । नेकपा (एमाले) को पार्टी सदस्यता नवीकरण र अनलाइन अभिलेखीकरणमा भरतपुर महानगरपालिका–४ ले १०० प्रतिशत सफलता हासिल गरेको दाबी गरेको छ।

वडा इन्चार्ज प्रकाश आचार्यका अनुसार २०८२ सालको सदस्यता अभिलेखलाई आधार बनाएर २०८३ का लागि गरिएको नवीकरणमा वडाका सबै सदस्यको सदस्यता नवीकरण सम्पन्न भएको छ।

नवीकरण भएका सबै सदस्यको विवरणसमेत अनलाइन प्रणालीमा शतप्रतिशत प्रविष्ट गरिएको उनले बताए। देशभरका ६ हजार ७ सय ४३ वडामध्ये सदस्यता नवीकरणसँगै अनलाइन इन्ट्रीमा समेत १०० प्रतिशत उपलब्धि हासिल गर्ने भरतपुर–४ पहिलो वडा बनेको आचार्यको दाबी छ।

वडा कमिटीले पार्टीसम्बन्धी अभिलेखलाई कम्प्युटर प्रणालीमा व्यवस्थित गर्नुका साथै वार्षिक कार्ययोजना बनाएर कार्यान्वयन र सदस्यहरूको विवरण नियमित अद्यावधिक गर्ने प्रणाली विकास गरेको वडा अध्यक्ष महेन्द्र पौडेलले बताए। सदस्यता नवीकरण तथा डिजिटल अभिलेखीकरणलाई प्रभावकारी बनाउन वडा इन्चार्ज आचार्यको नेतृत्वमा पूर्व वडा अध्यक्ष एवं जिल्ला सल्लाहकार परिषद्का उपाध्यक्ष हरी आचार्य, जिल्ला कमिटी सदस्यहरू रामचन्द्र ढकाल र शरद पोख्रेल, महानगर कमिटी सदस्य होमनाथ पौडेल जिल्ला स्वास्थ विभाग सदस्य ठाकुरप्रसाद कँडेल,पार्टी वडा कमिटी उपसचिव विश्वप्रसाद देवकाेटा, खुमनाथ गिरीलगायतको सक्रिय भूमिका रहेको बताइएको छ। जिल्ला कार्यालयका तर्फबाट प्राविधिक सहजीकरण जिल्ला कमिटी सदस्य रामबाबु सुवेदीले गरेका थिए।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये क्षेत्रफलका आधारमा भरतपुर–४ ठूलो वडा हो। यहाँ ३४ वटा टोल विकास संस्था रहेका छन्। एमाले चितवनका जिल्ला इन्चार्ज देवी ज्ञवाली तथा पार्टीका पूर्व सचिव तथा बामपंथी नेता विष्णु घिमिरेसमेतकाे बसाेवास रहेकाे वडा हाे ।

यसअघि भरतपुर–११ को पार्टी अध्यक्ष हुँदा ठूलो संख्यामा पार्टी सदस्यता विस्तार, टोल कमिटी निर्माण तथा सदस्यता कार्डलाई डिजिटल प्रणालीमार्फत वितरण गरेका प्रकाश आचार्यलाई जिल्ला कमिटीले भरतपुर–४ को इन्चार्जको जिम्मेवारी दिएको थियो। जिम्मेवारीपछि संगठन निर्माणसँगै अभिलेख व्यवस्थापन र जनसम्पर्कलाई प्राथमिकता दिइएको पूर्व वडा अध्यक्ष हरी प्रसाद आचार्यले बताए।

वडा नेतृत्वले भने पार्टी संगठनलाई समयअनुकूल र युवामैत्री बनाउनुपर्नेमा पनि जोड दिएको छ। प्रविधिसँगै हुर्किएको नयाँ पुस्ताको भावना, अपेक्षा र सिर्जनशीलतालाई पार्टीका नीति तथा कार्यक्रममा समेट्न सके संगठन थप गतिशील बन्ने उनीहरूको भनाइ छ। युवालाई योजनाबद्ध रूपमा सामाजिक तथा राजनीतिक अभियानमा जोड्दै नेतृत्व विकासको अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिइएको छ।

सदस्यता नवीकरणमा देखिएको उत्साह र संगठनात्मक सक्रियताले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउने विश्वास एमाले वडा नेतृत्वले व्यक्त गरेको छ।

बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • २.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.