१९ भाद्र २०८३, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमार्गबाट जीवितै उद्धार गरिएका सञ्जय साहले आफूहरूसँगै सुरुङभित्र रहेका सबै जना सुरक्षित रहेको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट बाहिरिएलगत्तै साहले उद्धारमा खटिएको टोलीलाई आफूले भित्र रहेका अन्य व्यक्तिहरूको अवस्थाबारे जानकारी दिएका थिए।
साहले सुरुङभित्र रहेका सबैजना सकुशल रहेको र उद्धार टोलीको प्रतीक्षामा रहेको बताएका छन्।
यसैबीच उद्धारकर्ताहरूले सुरुङभित्र रहेका दोस्रो व्यक्तिलाई पनि बाहिर निकाल्ने काम अघि बढाइरहेका छन्। बाँकी व्यक्तिको उद्धारका लागि पनि टोली सक्रिय छ।
Advertisement


