चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनका लागि देवघाट क्षेत्रको वनभित्र खाडल तयार पार्न थालिएको छ ।
१३ भाद्र २०८३, शनिबार
रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका २२७ शव व्यवस्थापन गर्ने तयारीस्वरूप खाडल निर्माण भइरहेको हो ।
नारायणी नदीमा बाढीले बगाएर ल्याएका शवहरू चितवनसहित विभिन्न स्थानमा भेटिएपछि पहिचान तथा व्यवस्थापनको चुनौती बढेको छ । पहिचान हुन नसकेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी देवघाट क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरिएको हो ।


Advertisement


