४ जेष्ठ २०८३, सोमबार
Advertisement
आईसीसी लिग-२ अन्तर्गत आजको खेलमा नेपालविरुद्ध स्कटल्याण्डले पहिले ब्याटिङ गर्दैछ ।
आजको खेलमा नेपालले अघिल्लो खेलबाट कुनै परिवर्तन गरेको छैन । नेपाल पहिलो खेलमा स्कटल्याण्डसँग डीएलएस पद्धतिमा २ रनले पराजित भएको थियो । त्यसपछि नेपालले दोस्रो खेलमा अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो ।
स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएका हुन् ।


