×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

बर्दियामा श्रमिकको गुनासो: ‘तोकिएको ज्याला पाइँदैन, अधिकार माग्दा कामबाट निकालिन्छ’

२०८३ असार ३१, बुधबार

Advertisement

ज्ञानेन्द्र पाेख्रेल, पश्चिम नेपाल

श्रीखबर/बर्दिया, असार ३१। असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूले न्यूनतम ज्याला, सुरक्षित कार्यस्थल र श्रम अधिकार कार्यान्वयनको अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। घरेलु तथा साना उद्योग कार्यालय बर्दियाको आयोजना तथा कमैया महिला जागरण समाजको समन्वयमा गुलरियामा आयोजित श्रमिक र श्रमिक सञ्जालबीचको अन्तरक्रिया कार्यक्रममा सहभागी श्रमिकहरूले आफ्नो भोगाइ सार्वजनिक गरेका हुन्।

बर्दियाका आठवटै स्थानीय तहबाट सहभागी भएका श्रमिक तथा श्रमिक सञ्जालका प्रतिनिधिहरूले रोजगारदाताले तोकिएको ज्याला नदिने, हाजिरी पुस्तिका नराख्ने, समयमै पारिश्रमिक भुक्तानी नगर्ने, श्रम अधिकारको माग गर्दा कामबाट हटाइदिने, सुरक्षा सामग्री उपलब्ध नगराउने, दुर्घटना बीमाबिनै जोखिमपूर्ण काममा लगाउने तथा महिला र पुरुषबीच असमान ज्याला दिने जस्ता समस्या अझै व्यापक रहेको बताएका थिए। कार्यक्रममा राधाकृष्ण जनसेवा केन्द्रका जितराम चौधरीले श्रम अधिकार, असंगठित क्षेत्रका श्रमिकलाई रोजगारदाताले उपलब्ध गराउनुपर्ने सेवा–सुविधा तथा श्रम ऐनमा भएका व्यवस्थाको कार्यान्वयन अवस्थाबारे स्लाइड प्रस्तुतिमार्फत जानकारी दिएका थिए।

त्यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले नेपालको संविधान–२०७२ ले सुनिश्चित गरेको श्रमिक अधिकारका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्लामा श्रम तथा रोजगार कार्यालय नभएकाले श्रमिकसम्बन्धी काम नेपालगञ्जस्थित श्रम तथा रोजगार कार्यालयमार्फत हुने जानकारी दिँदै, कार्यक्रममा उठाइएका समस्याबारे सम्बन्धित कार्यालयसँग तत्काल समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले श्रमिकहरू पनि आफ्ना अधिकारप्रति सचेत र संगठित हुनुपर्नेमा जोड दिए। अन्तरक्रियामा बाँसगढी नगरपालिकाकी गीता कुमाल, राजापुर नगरपालिकाका विरु थारू, अनिता चौधरी, कृष्णा थारू तथा बढैयाताल गाउँपालिकाकी सुनिता थारूलगायतले आफ्ना समस्या र अनुभव प्रस्तुत गरेका थिए।

कार्यक्रममा राधाकृष्ण जनसेवा केन्द्रका केन्द्रीय अध्यक्ष दिनेश श्रेष्ठ, कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी थारू, नागरिक समाज बर्दियाका संयोजक हेमा सुनार, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेलगायतले श्रमिक अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए। घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका प्रमुख इन्द्रराज खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्यम विकास सहजकर्ता खिमा मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

कार्यक्रममा आठवटै स्थानीय तहका रोजगार संयोजक, सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा महिला–पुरुष श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.