×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

स्टार्टअप एण्ड इनोभेसन: इन्टरप्रियुनर डेभलपमेन्ट कन्फरेन्स – २०२६ सम्पन्न


४ असार २०८३, बिहिबार

Advertisement

चितवन, बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय र चितवन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज भरतपुरस्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा एक दिने स्टार्टअप एण्ड इनोभेसन: इन्टरप्रियुनर डेभलपमेन्ट कन्फरेन्स – २०२६ सम्पन्न भयाे।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठको प्रमुख आतिथ्तामा ` उद्यमीलाई सबलीकरण, नवप्रवर्तनलाई प्रोत्साहन भन्ने नाराका साथ सञ्चालित यस कार्यक्रममा नवप्रवर्तन र उद्यमशीलताको विकासबारे सरोकारवालाहरूबीच गहन छलफल भएको कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले चितवनलाई उद्यमशीलता र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न यो सम्मेलन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय स्तरमा रहेका स्टार्टअपहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न र नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न संघले सधैं अग्रणी भूमिका खेल्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रमुख अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठले देशको आर्थिक समृद्धिका लागि युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा जोड्नुपर्ने र नयाँ सोचलाई सरकारले सधैं नीतिगत र व्यावहारिक प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले नवप्रवर्तनका क्षेत्रमा आगामी दिनमा लगानी अझै बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले निजी क्षेत्रसँग हातेमालो व्यिवसायिक विकासका लागि आवश्यक नीति निर्माण गर्न प्रदेश सरकार सधै तयार रहेको बताउनुभयो ।

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका प्रदेश सचिव जिवलाल भुषालले उद्योग र वाणिज्य क्षेत्रको वातावरण सुधार्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता सम्मेलनले नयाँ उद्यमीहरूलाई प्रविधि र पुँजीसँग जोड्न पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्टार्टअपप्रवद्र्धनमा निजी क्षेत्र लाग्नुपर्ने बताउदै लगानी प्रवद्र्धनका लागि कानुनी जटिलता भए त्यसलाई समधान गर्न सरकारले सधै सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले नयाँ सोच र नयाँ प्रविधिले मात्र रोजगारी सृजना हुने बताउदै उहाँले लगानीका लागि व्यवसायी मूखी नीति बनाउनु पर्ने बताउनुभयो । उहाँले नवप्रवद्र्धनलाई आत्मसाथ गर्दै देश विकासका लागि निजी क्षेत्र र सरकार मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यादव नाथ आचार्यले स्टार्टअप र नवप्रवर्तनका विषयमा आगामि दिनमा हुने कार्यक्रम लगायतका विषयमा जानकारी गराउनुभयो । उहाँले निजी क्षेत्रसँग हातेमालो गरेर व्यवसायिक विकासमा उपभोक्ता हित संरक्षण कार्यालय सधै हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले पन्ध्रौ आवधिक योजनामा स्टार्टअपसम्बन्धी व्यवस्था, स्टार्टअपसम्बन्धी शब्दावली परिभासा, परियोजना, स्टार्टअपकर्जाको मापदण्ड लगायतका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

अर्का प्रशिक्षक बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय महाशाखा प्रमुख कुमार तामाङले सफाल स्टार्टअप हुन आवश्यक कुराहरु, दक्षिण एसिया र भारतका स्टाटअपका सफल अभ्यासहरु, स्टार्टअपक्षेत्रको समस्या र चुनौती साथै बागमती प्रदेशका स्टार्टअप प्रवर्द्धनका आगामी कार्यक्रमकाे बारेमा प्रस्तुतिकरण दिनुभएको थियो ।

अर्का प्रशिक्षक चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायिक अनुभव, नवप्रवर्र्तन विकास र व्यवसायका चुनौती र अवसरका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा चितवनका सफल उद्यमी धनबहादुर मास्के र बिएम हस्तकलाका सञ्चालक वुद्धिमाया घलेले व्यवसायिक अनुभव प्रस्तुत गरेका थिए।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका विभिन्न शाखा कर्मचारीज्यहरु, चितवन उद्योग वाणिज्य संघका पदाधिकारीहरु, चितवन लगायत आसपसका विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, वस्तुगत संघका प्रतिनिधिहरु, स्टार्टअप उद्योगी व्यवसायीहरुकाे उपस्थिति रहेको कार्यक्रममा स्टार्टअप उद्यमीहरुले उत्पादन गरेका वस्तुसमेत प्रर्दशनी गरेको चितवन उद्योग वाणिज्य संघका कार्यक्रमम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभयो ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यबाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रमकाे संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।

बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.