×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

क्यान महासंघमा नयाँ नेतृत्व : डिजिटल नेपालको भविष्य सम्हाल्दै चिरञ्जीवी अधिकारी

०८३ जेठ १०, आइतबार

Advertisement

श्रीखबर/काठमाडौं ।नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) मा नेतृत्व परिवर्तन भएको छ ।

महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारी ले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको हो ।

नेपाल तीव्र डिजिटल रुपान्तरणको चरणमा प्रवेश गरिरहेका बेला भएको यो नेतृत्व परिवर्तनलाई प्रविधि क्षेत्रले अत्यन्त महत्त्वपूर्ण रूपमा हेरिरहेको छ । कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा, डिजिटल बैंकिङ र ई–गभर्नेन्स जस्ता क्षेत्रमा नेपालले नयाँ अवसर र चुनौती एकसाथ सामना गरिरहेका बेला क्यान महासंघको नेतृत्वमा अनुभवी र नीतिगत स्पष्ट दृष्टिकोण भएका व्यक्तिको आगमनलाई सकारात्मक संकेतका रूपमा लिइएको छ ।

# दुई दशकभन्दा लामो संस्थागत यात्रा:-

चिरञ्जीवी अधिकारीको नेतृत्व आकस्मिक रूपमा आएको होइन । उहाँले क्यान महासंघमा दुई दशकभन्दा बढी समय निरन्तर योगदान दिँदै विभिन्न तहका जिम्मेवारी निर्वाह गर्नुभएको छ ।

उहाँले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा केन्द्रीय कार्यसमिति सदस्यका रूपमा काम गरिसक्नुभएको छ । साथै, “युथ इन आईसीटी” अभियानमार्फत हजारौँ युवा प्रविधिकर्मी र इन्जिनियरिङ विद्यार्थीलाई डिजिटल उद्योगसँग जोड्ने अभियानको नेतृत्व गर्नुभएको थियो ।

क्यान महासंघ चितवन शाखाका संस्थापक कोषाध्यक्षका रूपमा पनि उहाँको भूमिका स्मरणीय मानिन्छ । डिजिटल नेपालको स्पष्ट दृष्टिकोण कार्यवाहक अध्यक्ष बनेपछि अधिकारीले नेपालको डिजिटल सार्वभौमिकता, सुरक्षित साइबर संरचना र स्थानीय प्रविधि उद्योगको संरक्षणलाई प्राथमिकतामा राख्ने संकेत दिनुभएको छ ।

उहाँको नेतृत्वमा क्यान महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंक समक्ष आर्टिफिसियल इन्टेलिजेन्स नीति, साइबर सुरक्षा रोडम्याप, डाटा सार्वभौमिकता तथा .np डोमेन सुधारसम्बन्धी महत्वपूर्ण सिफारिसहरू प्रस्तुत गरिसकेको छ ।

विशेषगरी, उहाँले नेपालको विद्युतीय कारोबार ऐन २०६३ जस्ता पुराना कानुनी संरचनालाई परिमार्जन गरी आधुनिक डिजिटल युगअनुसारको नीति निर्माण आवश्यक रहेको विषयलाई निरन्तर उठाउँदै आउनुभएको छ ।

एआई, साइबर सुरक्षा र ई–गभर्नेन्समा जोड अधिकारीले राष्ट्रिय एआई नीति निर्माणमा नैतिक प्रयोग, स्थानीय भाषा प्रविधि र सुरक्षित डाटा होस्टिङलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आउनुभएको छ ।

उहाँको अवधारणाअनुसार नेपालले आफ्नै डिजिटल संरचना बलियो बनाउन सके मात्र विश्व डिजिटल प्रतिस्पर्धामा टिक्न सक्छ । त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै उहाँले मल्टिफ्याक्टर अथेन्टिकेसन, जिरो ट्रस्ट नेटवर्क र रियल–टाइम थ्रेट हन्टिङ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

डाटा सार्वभौमिकताबारे उहाँले पटक–पटक जोड दिँदै भन्नुभएको छ— “डाटा सेन्टर र क्लाउड सेवाहरू नेपालको डिजिटल अर्थतन्त्रका मेरुदण्ड हुन् ।

यदि नागरिकका संवेदनशील डाटा पूर्ण रूपमा विदेशी सर्भरमा निर्भर रहने अवस्था रह्यो भने नेपालले वास्तविक अर्थमा डिजिटल सार्वभौमिकता हासिल गर्न सक्दैन ।” ‘मेक इन नेपाल सफ्टवेयर’ अभियानलाई प्राथमिकता कार्यवाहक अध्यक्ष अधिकारीले नेपाली सफ्टवेयर उद्योगको संरक्षण र प्रवर्द्धनलाई आफ्नो मुख्य एजेन्डा बनाउने संकेत दिनुभएको छ ।

सरकारी निकायहरूले विदेशी सफ्टवेयरमा ठूलो बजेट खर्च गरिरहेको अवस्थामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरी सार्वजनिक खरिद निर्देशिका परिमार्जन गर्नुपर्ने उहाँको धारणा छ ।

उहाँले “मेक इन नेपाल सफ्टवेयर” अभियानलाई संस्थागत रूप दिन आवश्यक रहेको बताउँदै स्थानीय कम्पनीहरूलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउन नीति सुधार अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

प्रविधि क्षेत्रको भरोसाको केन्द्र नेपालको डिजिटल भविष्यबारे स्पष्ट दृष्टिकोण, संस्थागत अनुभव र नीतिगत सक्रियताका कारण चिरञ्जीवी अधिकारी अहिले प्रविधि क्षेत्रको भरोसाको केन्द्रका रूपमा उभिनुभएको छ ।

प्रविधि उद्योगका जानकारहरूका अनुसार उहाँको नेतृत्वले क्यान महासंघलाई केवल संस्थागत संगठनका रूपमा होइन, नेपालको डिजिटल नीति निर्माणको प्रभावशाली केन्द्रका रूपमा स्थापित गर्न सक्ने अपेक्षा गरिएको छ ।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.