×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

ओठ र तालु फाटेर जन्मेकै कारण नर्सले अस्पतालको भुइँमा फ्याँकेको शिशु आज बने डाक्टर

२०८३ जेष्ठ ५, साेमबार
श्रीखबर/जन्मिने बित्तिकै समाजबाट अस्वीकार, अस्पतालमै अमानवीय व्यवहार र जीवनभरका लागि कठिन मानिएको रोग— यिनै पीडालाई जितेर एक बालक आज विशेषज्ञ शल्य चिकित्सक (MCh Surgeon) बनेका छन्।
वि.सं. २०४६ साल आश्विन ३ गते उनका छोरा जन्मिएका थिए। परिवारमा पहिलो सन्तानको आगमनले खुसीको माहोल बनेको थियो। तर केही मिनेटमै त्यो खुसी पीडामा बदलियो। नवजात शिशुको माथिल्लो ओठ र भित्री तालु पूरै फाटेको अवस्थामा थियो, जसलाई चिकित्सकीय भाषामा “क्लिफ्ट लिप एन्ड प्यालेट” भनिन्छ। बच्चाले आमाको दूधसमेत चुस्न नसक्ने अवस्था रहेको थियो।
ज्ञवालीका अनुसार त्यतिबेला परिवारका सदस्यहरू गहिरो मानसिक पीडामा थिए। बच्चा बाँच्ने सम्भावना अत्यन्त न्यून रहेको भन्दै धेरैले आशा नै त्यागिसकेका थिए। आमाको आँखाबाट निरन्तर आँसु बगिरहेको थियो भने परिवार सन्तानको जीवन जोगाउने संघर्षमा थियो।
तर पीडाको त्यो घडीमा अस्पतालभित्र भएको एउटा घटनाले उनीहरूको मन अझ गहिरो रूपमा चोट पुर्‍यायो। ज्ञवालीले उल्लेख गरेअनुसार, टिचिङ अस्पतालकी एक नर्सले प्रसूति वार्डमा उनकी श्रीमती एक्लै भएको मौका पारेर “अहिलेसम्म डिस्चार्ज भएर नगएर किन बसेको?” भन्दै नवजात शिशुलाई निर्दयतापूर्वक भुइँमा फ्याँकिदिएकी थिइन्।
उक्त घटनाले परिवारलाई भावनात्मक रूपमा गम्भीर आघात पुगेको उनले बताएका छन्। त्यतिबेला अस्पतालविरुद्ध आवाज उठाउने अवस्था वा चेतना दुवै नभएको भन्दै उनले सन्तानको प्राण जोगाउनु नै आफ्नो मुख्य उद्देश्य बनेको स्मरण गरेका छन्।
समयसँगै त्यो बालकले जीवनको कठिन यात्रा पार गर्‍यो। बाल्यकालदेखि युवावस्थासम्म उनले १७ पटकसम्म शल्यक्रिया गराउनुपरेको थियो। शारीरिक पीडा, सामाजिक दृष्टिकोण र मानसिक संघर्षका बाबजुद उनले अध्ययनलाई निरन्तरता दिए। अन्ततः त्यही बालक आज डा. अरुणका रूपमा विशेषज्ञ शल्य चिकित्सक (MCh Surgeon) बन्न सफल भएका छन्।
ज्ञवालीले छोराको सफलतालाई केवल व्यक्तिगत उपलब्धि नभई संघर्ष, धैर्य र आत्मविश्वासको प्रतीकका रूपमा चित्रण गरेका छन्। उनका अनुसार यो कथा एउटा बाबुको संघर्ष, आमाको आँसु र छोराको अदम्य साहसको वास्तविक जीवनगाथा हो।
उनले आफ्नो प्रकाशोन्मुख आत्मकथा ‘पदभन्दा पौरख ठूलो’ मा यस्ता धेरै संघर्षपूर्ण र प्रेरणादायी घटनाहरू समेटिएको बताएका छन्। सामाजिक सञ्जालमा यो घटना सार्वजनिक भएपछि धेरैले डा. अरुणको संघर्षलाई प्रेरणादायी भन्दै सम्मान व्यक्त गरिरहेका छन् भने अस्पतालभित्र हुने अमानवीय व्यवहारप्रति पनि प्रश्न उठाइरहेका छन्।

Advertisement

मङ्गलबार, जेठ ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.