२०८२ साउन ३, शनिबार
अमेरिकाकाे वाशिङ्टनमा आयाेजित नेपालकाे विकास सम्बन्धि अन्तरास्ट्रियस्तरकाे गाेष्ठीमा कालिका नगरपालिका चितवनका मेयर विनाेद रेग्मीले प्रमुख सम्बाेधन गर्नुभएको छ। फेयरफ्यनक्स शहरमा आयाेजित `नेपालमा स्थानीय सरकार र विकास माेडेल´ गाेष्ठीमा प्रमुख अतिथिका सम्बाेधन गर्नुभएकाे हाे ।
कार्यक्रममा प्रवाशी नेपाली र नेपाली नागरिकहरु बीच नेपालमा भैरहेकाे विकासकाे गति र आगामी दिनमा गर्न सकिने सम्भावनाकाे विषयमा छलफल चलेकाे थियाे ।

यस अघि नै कालिका नगरपालिकाले देशमै पहिलाेेपटक घरनम्वरसहितकाे अमेरिकनकाे वाशिङ्टन डिसिकाे जस्तै सडक नामाकरण र घर नम्बर (नम्बरिङ) थालनी गरिसकेकाे यस अभियानलाई स्मार्ट प्रशासन, सुशासन र पारदर्शितामा रुपान्तरण गर्दै दीर्घकालीन विकास याेजना सञ्चालन तर्फ अघि बढ्नुपर्ने विषयमा छलफल भएकाे थियाे ।
गाेष्ठीलाई सम्बाेधन गर्दै प्रमुख अतिथि रेग्मीले कालिका नगरपालिकामा हाल सुरु।गरिएको स्मार्ट ठेगाना प्रणाली केवल एक याेजना मात्र नभएर भविष्यकाे परिकल्पना समेत भएकाेले नक्साँकन,सडक रेखांकन र नामाकरण गर्ने,मुख्य चाेकमा दिशा- निर्देश बाेर्ड जडान, घरहरुकाे नक्साँकन( नम्बरिङ) लगाएतका प्रविधियुक्त कार्यकाे थालनी गरिएको जानकारी दिदै यस अभियानलाई ` स्मार्ट प्रशासन,सुशासन र पारदर्शिता´ मा रुपान्तरण गर्ने दीर्घकालीन दृष्टिकोण रहेकाे बताउनु भएकाे थियाे ।
मेयर रेग्मीले स्थानीय सरकारकाे भूमिका सीमित पूर्वाधार निर्मनणमा मात्र सीमित नरही प्रविधि र नवप्रवर्तन र डिजिटल पहुँचलाई प्राथमिकतामा राख्दै नागरिकको हितमा काम गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।`हामी नागरिक र स्थानीय सरकार बीचकाे सम्बन्धलाई समन्वय र परिपूरककाे रुपमा स्थापित गर्न चाहन्छाैँ´ – मेयर रेग्मीले बताउनुभयो ।
कार्यक्रममा एनआरएनए एनसीसी युएसए भिए च्याप्टर अध्यक्ष विशाल कार्की, पूर्व अध्यक्ष कृष्ण सादगी भण्डारी, डा. श्याम थापा, डा. देशराज संयोग, डा. योगेन्द्र पनेरु लगायतका विशिष्ट व्यक्तिहरूले आ–आफ्नो धारणा राख्दै कालिकाको यो पहलप्रति प्रशंसा गर्दै प्रविधिमैत्री विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अमेरिकामा आयोजना गरिएको ‘मिट एण्ड ग्रिट विथ मेयर रेग्मी’ शीर्षकको कार्यक्रमले नेपालमा स्थानीय सरकारको क्षमता, प्रविधिको प्रयोग र प्रवासी समुदायको भूमिका बारे सकारात्मक बहस सिर्जना गरेको सहभागीहरूले जनाएका छन् ।
मेयर रेग्मीले प्रवासी नेपालीहरूलाई पनि ज्ञान, अनुभव र स्रोतको साझेदारीमार्फत आफ्नो नगरपालिका र देशको विकासमा योगदान पुर्याउन
समेत गर्नुभएको छ।


