२०८२ असार २, आइतबार
कालिका, कालिका नगरपालिकाले बालबालिकालाई नि: शुल्क पाेशाक वितरण गरेकाे छ।
आर्थिक वर्ष २०८२/०८२काे बजेटबाट खर्च हुनेगरि श्री शुभशान्ति राष्ट्रिय आधारभूतका ८८ जना बालबालिकालाई नगरपालिकाका मेयर विनाेद रेग्मीले पाेशाक वितरण गर्नुभएको हाे ।
नगरपालिका भित्रका सबै विद्यालयमा अनिवार्य वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने नीति लिएकाे नगरपालिकाले आधारभूत तहका सबै विद्यालयमा बालबालिकालाई पढाइका लागि आवस्यक सामग्री उपलब्ध गराउने याेजना अन्तर्गत आज सैपामकाे विद्यालयमा विद्यालय पाेशाक वितरण गरिएको मेयर विनोद रेग्मीले बताउनुभयो ।

Advertisement


