![]()
२०८२ जेष्ठ ३१,शनिबार
विराटनगर । नेकपा एमालेका सचेतकसँग दुईबुँदे सम्झौता गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै सम्बन्धित नभएको बताएका छन्।
`याे प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेसँग मात्रै सम्बन्धित छैन´- विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने। भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताएकाे उनलेे बताए ।
`यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं ।’ प्रचण्डले पत्रकारको जिज्ञासामा प्रचण्डले भनेका थिए। उनले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गरेका छन्। प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताए । उनले भने,’नबुझेर बिरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन् ।’
प्रचण्डले यो सहमतिसँग अरु कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताएका छन्।



