×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

५ जेष्ठ २०८२, सोमबार

Advertisement

काठमाडौँ,नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । ‘हिमालयन चितुवा’को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीनवटा अन्तरराष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् ।

बक्सर घिमिरेले जापानको ओसाका सहरमा आइतबार सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल हुनुभएको हो । अत्यन्त प्रतिस्पर्धात्मक प्रतियोगितामा उहाँले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बन्नुभएको हो ।

‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बन्नुभएको बक्सर अविरलका पिता एवं पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । सो अन्तरराष्ट्रिय खेल हेर्ने जापानमा रहेका नेपाली तथा जापानीको उल्लेखनीय सहभागीता रहेको कराँते खेलाडी देवले बताउनुभयो ।

प्रतियोगिताका लागि बक्सर अविरले थाइल्याण्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढमहिना आफ्नै खर्चमा बन्द प्रशिक्षणसमेत लिनुभएको थियो । ‘के वन क्रस १७५’को उपाधि हात पारेपछि बक्सर अविरलले भन्नुभयो, “ ‘के वन क्रस १७५’को उपाधि हात पार्नु नेपाल र मेरो लागि ऐतिहासिक क्षण हो । यसका लागि मेरा पिता एवं प्रशिक्षक कराँते खेलाडी देवलाई विशेष धन्यवाद दिन चाहन्छु । मेरो खेल हेर्न हलमा सहभागी भएका नेपाली र जापानी खेलप्रेमीलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो खेलयात्रा जारी रहने छ । ”

किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका बक्सर अविरलले हालै ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुम्नुभएको थियो । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वाराजापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित सो प्रतियोगितामा उहाँले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी हुन सफल हुनुभएको थियो ।

यसैगरी गत कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ ९इस्का० प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वल्र्ड च्याम्पियन’ हुन सफल हुनुभएको थियो ।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसक्नुभएका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल हुनुभएको छ ।

बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आउनुभएको छ । कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुनुहुन्छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उहाँको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ । रासस

सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,
सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    रसुवा : एउटा विपत्ति मात्र होइन, विश्व सामु जलवायुकाे चेतावनी पनि हाे — भोजराज खनाल जनस्वास्थ्य अधिकृत,

  • २.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • ३.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ४.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ५.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ६.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ७.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ८.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.