२०८१कार्तिक २२ , बिहिबार
अन्तर्वार्ता
————
साहित्य अनुरागीहरुकाे आशा र साहित्यकारहरुकाे भराेसाकाे रुपमा अव्वलतामा श्रेष्टता खाेजिमा कृयाशील साहित्यिक सँस्था `पल्लव साहित्य प्रतिष्ठान´ साहित्य जगतकाे एक सुपरिचित पहिचान हाे ।
देश भित्रमात्र नभै विदेशमा रहेका साहित्यकार तथा साहित्य अनुरागीहरुसम्म आफ्नाे सुकृति फैलाउन सफल पल्लवकाे जन्म तथा कर्मदाता भने एक हक्कि साहित्यकार `गाेर्खे साइँलाे´ हुनुहुन्छ ।गाेर्खा पूर्खेली थलाे भएपनि नुवाकोट हुँदै चितवनकाे नारायणगढमा साहित्यिक जिन्दगी बिताईरहनुभएका `गाेर्खे साईँलाे´साहित्यकारमा जाेडिएकाे प्रसिद्धि भएपनि ऋषिप्रसाद लामिछाने वहाँकाे खास नाम हाे ।
विभिन्न सम्मान काेषहरु स्थापना गर्दै विगत लामाे सामय देखि देश विदेशका साहित्यकार तथा अनुरागीहरुलाई सम्मानित गर्दै सम्मान पत्रकाे साथमा नगद धनराशि सहितकाे अभिनन्दन गर्ने गरेकाे पल्लवले आउदाे मङ्सिर १ गते शनिवारका दिन नारायणगढ स्थित चितवन उद्योग वाणिाज्य सँघकाे सभहलमा पल्लव कुम्भकाे आयाेजना गर्दैछ ।
यसै सेराेफेराे भित्ररहेर सँस्थाका अध्यक्ष साहित्यकार ऋषिप्रसाद लामिछानेले `गाेर्खे साइँलाे´सँग श्रीखबर अनलाइन सञ्चारका लागि सम्पादक कृष्ण खनालसँग गरिएको कुराकानीकाे सँपादित अंश:

** गाेर्खेे साइँलाे ज्यू नमस्कार , हैन तपाईं साईँलाे हाे कि गाेर्खे । अनि नामै यहि हाे त ?
= नमस्कार , हाे म गाेर्खे नै हुँ अर्थात गाेर्खाली नेपाली ।नेपालीलाई विरता देखाउने पदवी हाे गाेर्खाली । म पनि नेपाली भएपछि स्वत: गाेर्खै हुँ । अनि साइँलाे चाहिँ हाम्राे माैलिक पहिचान । हाम्राे गज्जवकाे भाषा, शब्द र पहिचान पनि । खासमा मेराे कामकाजी नाम ऋषिप्रसाद लामिछाने हाे । साहित्यमा रुचिराख्ने म `गाे्र्खे साईँलाे´काे नामले चिनिएकाे छु । गज्जव लाग्छ मेराे साहित्यिक नाम मलाई ।
** ्यसाेभए गाेरखाबासी नै हाे कि ?
= मेरा पूर्खा गाेर्खाली हुन्। हामी पछि नुवाकोट गएकाे बसाइँ । धेरै वर्ष देखि हामी चितवनमा छाैँ । आनन्न मार्ग, लाईन्सचाेककाे दक्षिणट्टी।
** तपाईं साहित्यकार मान्छे तपाईं नै सँस्थापक रहेर `लायन्स क्लव अफ चितवन वाझ्मय´ जन्मिएकाे छ, लायन्सकाे इतिहासमा, यसकाे बारेमा पनि छाेटकरी बताइदिनुस् न
= हाे, लायन्स क्लवकाे इतिहासमा लायन्स क्ल्व अफ चितवन वाङ्ममय नेपालकाे मात्रै नभएर सँसारकै पहिलाे साहित्यकार र अनुरागीहरुकाे सहभागीतामा गठन क्लव हाे ।साैभाग्यले सँस्थापक अध्यक्ष हुने अवसर मलाई मिल्याे ।
** अनि तपाईं त `पल्लव साहित्य प्रतिष्ठानकाे अध्यक्ष , याे प्रतिष्ठनकाे बारेमा अलिकति प्रष्ट्याउँ न ।
# यहाँले राख्नुभएकाे साँचाे हाे । म पल्लव साहित्य प्रतिष्ठानकाे अध्यक्ष हुँ । म मात्रै नभएर सँस्थालाई दाैडाउने , सँचालन गर्ने कार्यमा मेरा घर परिवार तथा ईष्टमित्र समेत जाेडिएका छन् धेरै ख्यातिप्राप्त साहित्यकारहरु सँगै छाैँ । वहाँहरुले सँस्थाकाे नाममा विभिन्न अक्षय काेष साेत खडा गरिदिएर सहयाेग पुर्याउनुभएकाे छ। भने विभिन्न साहित्यिक व्यक्तित्वहरुले आक्षय काेष खडा गर्नुभएकाे छ । म तपाईं र तपाईंको लाेकप्रीय सञ्चार मार्फत सबैसबै सहयाेगी मन र सहयात्री साथी साहित्य अनुरागी मीत्रहरु प्रति कृतज्ञता रहित सम्मान गर्दछु । याे विशुद्ध साहित्यिक सँस्था हाे । यसले पल्लव पत्रिका मार्फत कैयाैँ साहित्यकार र अनुरागीहरुकाे कृति प्रकाशन गरेकाे छ भने हरेक वर्षजसाे `पल्लव कुम्भ´ काे आयाेजनामा गरि देश विदेशका साहित्यकार र अनुरागी व्यक्तित्वहरुलाई साहित्यिक सम्मान, अभिनन्दन गर्ने गरेकाे छ । कति कृतिकारहरुले त यहि अवसरमा आफ्ना कृतिहरुकाे लाेकार्पण समेत गर्ने गर्नुभएकाे छ ।
** पल्लव साहित्य प्रतिष्ठानले `पल्लव कुम्भ´ गर्दैछ रे , यसबारे पनि अलिकति बताइदिनुस् न ।
= हाे ,हामीले यहि मङ्सिर १ गते नारायणगढ स्थित उद्योग वाणिज्य सँघ चितवनकाे सभा हलमा याे वर्ष “साहित्यकार र स्रष्टाकाे सम्मान गराैँ´´भन्ने नाराका साथ पुरस्कार एवम् पल्लव साहित्य सम्मान समर्पण ´कार्यक्रम गर्दैछौं । याे साहित्यअनुरागी र साहित्यकारका लागि विशेष पर्वकै दिन हाे । यस पल्लव कुम्भमा झापाका वरिष्ठ साहित्यकार प्रा.डा.देवी नेपाल सहितदेशभरबाट छनाैट हुनुभएका करिव १ दर्जन साहित्यकारहरु नगद सहित सम्मान पत्रद्वारा सम्मानित हुनुहुने छ। साेहि अवसरमा यस प्रतिष्ठान द्वारा नियमित प्रकाशन गर्दै आइरहेको साहित्यिक पत्रिका पल्लवकाे २८ अैाँ अङ्ककाे विमाेचन समेत गरिनेछ । पल्लव कुम्भमा अतिथिहरुले काव्य वाचन समेत गर्नुहुने छ ।
** सँस्थाकाे अन्य गतिविधि नि
= हाे, सँस्थाले महत्त्वपूर्ण गतिविधि भनेकाे विभिन्न किसिमका प्रकाशनहरु गर्नु हाे । विभिन्न साहित्यकार तथा लेखकहरुका कृतिहरुलाई पल्लव साहित्य प्रतिष्ठानले प्रकशानको जिम्मेवारी लिने गरेकाे छ । निकट भविष्य मै प्रख्यात महिला गजलकारहरुकाे जिवनीसहित वहाहरुकाे रचनालाई पुस्तकाे रुपमा कृति तयार पार्ने याेजनामा छाैँ । पलल्वले आजसम्म साहित्यिक पत्रिकाकाे रुपमा २७ अँक निस्काशन गरि सकेकाे छ भने यहि प्लेटफर्मबाट साहित्यकारका १०० भन्दा बढी पुस्तक विमाेचन भैसकेको छ भने दर्जनाैँ कृतिकाे प्रकाशन गरिसकेकाे छ ।
** कुराकानी गर्ने अवसर जुट्याे , यसका लागि श्रीखबर टिमकाे तर्फबाट धन्यवाद,केही थप भन्नुछ र ?
= पल्लव, यसले निकट भविष्यमा गर्ने पल्लव कुम्भकाे बारेमा सानाे तर महत्त्वपूर्ण कुराकानी गर्ने अवसरका लागि तपाईं र श्रीखबर प्रति सँस्था र मेराे तर्फबाट आभारी छु ।
बस् भन्नू छ- आआफ्नो क्षेत्रबाट साहित्य र स्रष्टाकाे सम्मान गराैँ । साहित्य धर्मराउँदा समाजकाे अस्तित्व धर्मराउँछ र पहिचान हराउँन सक्छ ।


