जेष्ठ ७ चितवन ।

स्वास्थ जस्तो अति सम्बेदनशील क्षेत्रमा पनि विकृति ,विसँगति हुन्छ। भ्रष्टाचार हुन्छ।अनियमितता हुन्छ । ढिलासुस्ती गराईन्छ । याे सबै भए बापत बिरामी उनका आफन्तले सास्ती पाउँछन् । खर्च बढ्नुकाे साथै ज्यान पनि जानसक्छ कहिलेकाहीं । अनि यस्तो हर्कत गराउनेहरुले के पाउँछन् भन्ने बिषयमा हिजाे जेठ ६ गते सय डेड सय मान्छे जम्मा भएर छलफल गरे क्यान्सर अस्पताल अगाडि भरतपुरमा ।

समयमै सेकाई ( रेडिएसन) नपाएकाले भने ” १ – २महिना पछि फालाे आउँछ भन्छन् , “हाेटलमा वसाै खर्च पुग्दैन, राेगले झन् च्याप्छ “। केहिले सरकारीमा पालाे नपाए प्राईभेटमा आउनु छिट्टै पालाे आउँछ भन्छन् भित्रका मान्छेहरु -केहिले भने। प्राईभेटमा जाउँ खर्चले धान्दैन के गराैँ भने केहिले ।क्यान्सर अस्पताल सहित सरकारी अस्पतालमा लापरबाही छ प्राईभेटमा मनपरि छ भने केहिले। बेलाबेलामा भित्रकाे मेशिन बिग्रिन्छ कि प्राईभेटमा जाउन् भनेर बिगारिन्छ, भने केहिले। छलफल चल्दैजाँदा स्वस्थ्य क्षेत्रमा देखिएका विकृति , विसँगति र अनियमितताका विरुद्धमा आवाज उठाउन नागरिकको तर्फबाट एउटा सँस्था नै खडा गर्नुपर्छ भने धेरैले । उपस्थित मध्येका जनप्रतिनिधि वडा नम्बर ७ का वडा सदस्य किरण अधिकारीले समेत सैथापे।

छलफल चल्दैजाँदा जन्मियाे ” जनस्वास्थ्य सराेकार मन्च नेपाल “।

वडा सदस्य किरण अधिकारी काे उपस्थितिमा आयाेजित उक्त भेलाले बाबुराम अधिकारी काे अध्यक्षतामा दीपक ढकाल उपाध्यक्ष र सूर्य बराल सचिव रहने गरि जनस्वास्थ्य सराेकार मन्च गठन भएकाे छ ।
कानुनी रुपमै दर्ता गरिने याेजनाका साथ गठन भएकाे साे सस्थाकाे सह- सचिवमा रामबाबु रेग्मी रहेकाछन् । काेषाध्यक्षकाे जिम्मेवार सुनिता लामाकाे जिम्मा परेकाेछ। सदस्यहरुमा क्रमशः कुश्माखर अधिकारी,दिनेश रेग्मी,इ.विजय कार्की,बासुदेव पाैडेल,राधा दवाडी रनिष्त खाँड रहेका छन् ।
यस मन्च मार्फत भरतपुर स्थित क्यान्सर अस्पताल सहित सरकारी स्तरमा सन्चालित अस्पताल भित्र हुने अनियमितता,ढिलासुस्ती,तथा कृत्रिम प्रकृतिको अभाव श्रृजना गराई सेवाग्राहीलाई मर्कापर्ने गरि निजी र आफ्ना सेयर भएका अस्पताल र स्वास्थ सँस्थामा जान बाध्यपारिने अवस्थाकाे बिराेधमा गर्दै निगरानी बढाउने कार्य गरिने जनाएको छ।

अस्पताल जस्ताे अति सम्वेदनशील क्षेत्रमा पनि कृत्रिम अभाव श्रृजना गरि विचाैलिया मार्फत विरामीलाई आफ्ना शेयर रहेका निजी अस्पतालमा पुर्याउने, महिनाैसम्म मेसिन तथा उपकरणहरु मर्मत नगरि कृत्रिम अभाव श्रृजना गराई बाहिर जान बाध्यपार्ने जस्ता अमानवीय कृयाकलाप भैरहेकाे कार्यप्रति नागरिककाे तर्फबाट सम्बन्धित पक्षसम्म आवाज पुर्याई बिरामीहरुकाे सहज उपचारमा पहुँच पुर्याउने उद्देश्यले याे सँस्था जन्माउनु परेकाे नव गठित अध्यक्ष बाबुराम अधिकारीले बताउनुभयाे । सँस्थाकाे दर्ता प्रकृया अगाडि बढिसकेकाे सहसचिव रामबाबु रेग्मीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0