बागमती प्रदेश, चितवन / प्रेस चाैतारी नेपाल चितवनकाे भवन निर्माणका लागि ताराकुमारी काजीमहताेले आर्थिक सहयाेग गर्नुभएको छ।
प्रेस चाैतारीकाे २५अैाँ स्थापना काे अवसरमा चाैतारी चितवन द्वारा आयाेजित सभामा गरिएको सहयाेग घाेषण रकम रू. २५०००/- चाैतारी चितवनका जिल्ला अध्यक्ष सुवास पण्डितलाई हस्तान्तरण गर्नुभएको हाे ।
प्रेस चाैतारी नेपाल चितवनकाे भवन निर्माण गर्ने प्रयाेजनका लागि दिईएकाे साे सहयाेगले आफू र आफ्नो सँगठनलाई थप हाैसला प्राप्त भएकाे अध्यक्ष सुभाष पण्डितले बताउनुभयो ।
माडी नगरपालिकाकाे मेयर समेत रहनुभएकी ताराकुमारीले चेक हस्तान्तरण गर्दै पत्रकारहरुकाे साझा घर निर्माणकार्यका लागि आफुले व्यक्तिगत रुपमा याे रकम सहयाेग गर्न पाएकाेमा खुशी भएकाे बतनउनुभयाे ।
प्रेस चाैतारी चितवनले सँस्थाकाे भवन निर्माण काे लागि शिलान्यास गर्ने तयारी गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0