

सारथीले जुराएकाे `घलेगाउँ – भुजुङ´ यात्रा
२०८१ पुस १५ साेमबार
(भुजुङ। भरतपुरकाे सारथी समुहले लम्जुङकाे घले गाउँ हुँदै भुजुङ हामस्टेकाे यात्रा तय गर्याे ।समुहका सदस्य बाहेक यात्रामा सामेल हुने माैका भने सँगसँगै पत्रकारीता गर्नुहुने पारिवारिक साथी नवीन मरहट्टाकाे परिपञ्चबाट जुटेकाेले यात्रा अनुभुतीकाे जस मरहट्टा जीलाई कृतज्ञताका साथ टक्याउनु वान्छनीय छ ।)



कुमारी गाउँ `भुजुङ´ यात्रा
============
डुम्रे बजारबाट उत्तर हानिएकाे यात्रा घले गाउँपुग्न सिउँडीबार,भाेटेओढार हुँदै बेशीशहर पुग्नुपर्छ । बेशी शहर साँच्चैकाे पहाडी भुभागकाे समथर सहर ।
मर्याङ्गदी नदिलाई चपक्क काखी च्यापेर लम्पसारिएकाे ठुलाे शहर । जिन्दगी चल्न र चलाउन आवस्यक सामाग्री र सुविधा बाेकेर उपभोक्ता खाेजिरहेकाे अजङ्गको आकर्षक छ बेशी शहर । बेशी शहरबाट पश्चिम काेखे पारेर उत्तर २ घण्टा सवारीमा हानिएपछि पुगिन्छ पुरानाे घले राजाकाे गाउँ ` घलेगाउँ´ ।
नेपालकै पहिलाे हाेमस्टे(घरबास) बस्तिकाे नामले प्रशिद्धि पाएकाे घले/ गुरुङ बस्ती । १४० वटा उस्तै घरहरुले पाहुनालाई स्वागत गर्न आतुर अनि सत्कारमा व्यस्त घले गाउँ नेपालकै पहिलो स्मार्ट भिलेजकाे नामले परिचित छ। याे गाउँको मुख्य आयश्राेत भने कै पर्यटन व्यवसाय हाे भने खेती किसान सहायक श्राेतकाे रुपमा रहेकाे छ ।



यात्रा कठिन भएपनि घलेगाउँ पुगिसकेपछि आनन्द दिने मुख्य खजना भनेकाे नै हाेमस्टेमा पाउने मन्दमुस्कानयुक्त आतिथ्यता हाे । प्राय राता गाउँ ढुङ्गाकाे पर्खालका गल्ती गल्ली काे घुमाई । गाेर्खा पार्कबाट नियालिने घले गाउँकाे वारीपारिका हिमाल पहाड, हरियापाखा आफैँमा स्वर्णिम आनन्द उपभाेगकाे अवसर हाे ।
परम्परागत घले/ गुरुङ भेयभूषामा सजिएर लाडिदै खिचिएका फाेटाे तथा दृष्यहरु नै जिन्दगीका अनुपम यादगारकाे क्षेण हुन् । गाउँकाे उत्तरी अँगामा अवस्थित उत्तरकन्या तथा सातकन्या मन्दिरकाे भने आफ्नै र छुट्टै विशेषता छ । आफ्ना पाहुनाहरुकाे पूर्ण मनाेरन्जनका लागि प्रस्तुत गरिने घ्याप्रुङ , सखेला नृत्यले घले सँस्कृतिकाे अध्ययन र अनुसन्धानमा थप याेगदान पुर्याएकाे छ ।
कुमारी गाउँ ` भुजुङ´
———————

आफ्नै नीति र स्थिति रहेकाे नेपाल कै सबैभन्दा ठुलाे जनजातिकाे घना बस्ति भुजुङ पुग्न भने घलेगाउँबाट सवारी मै पनि करिव २ घण्टा खर्चिनु पर्छ । ७ सय बर्षभन्दा बढीकाे इतिहास बाेकेकाे भुजुङ´समाज भन्दा एक्लै , पहाडी बस्ती काे गहिराे भिरालाे बस्तिमा लुकेकै कारण यस गाउँलाई कुमारी गाउँ ´ पनि भनिदाेरहेछ ।
५०० घरधुरी रहेकाे भुजुङमा पसेपछि हाेमस्टे(घरबास) नम्बर नसाेधी घर पत्तालगाउन सकिने अवस्था नै नरहेकाेले घर बिर्सने ठाउँ हाे भुजुङ। पहिला पहिला नेपाल बाहेक भारत, वृटिस,सिँगापुर,हङकङ तिर लाहुरे हुन हुलका हुन जाने गरेपनि पछिल्ला दिनमा त्यस्ताे अवस्था छैन भुजुङमा ।
करिव १३० घर दलित (तथाकथित ) रहेकाे बस्ति भने गाउँ काे पश्चिम पट्टीकाे भिरालाे भागमा रहेकाे भुजुङलाई सडक सञ्जालले छाेएकाे १२-१५ बर्षमात्रै भएकाे छ ।यसभन्दा पहिलाका सामलतामल नुन बाेक्न पैदल १२-१५ दिन गुजारेकाे अनुभवी त्यामु गुरुङ जस्ता पाका मान्छे अझै भेटिन्छन् ,भुजुङमा ।
अतिथि सत्कारमा अढेकाे भुजुङ
==================


हाेमिस्ट नम्वर ३२ कि खिनीमायाँ गुरुङ सहित करिव २०० घरमा पाहुनाहरुले आफ्ना जिन्दगीका व्यथालाई एकैछिन बिर्सेर अतिथि सत्कार ग्रहणमा भुलिन्छ भुजुङमा। स्वदेशी मात्रै नभएर विदेशी पाहुना समेतले खाना भन्दा पहिले टकारीएकाे एक कप घरपाल साेमरसकाे चखाईमा भुलिन्छन् भन्नुहुन्छ खिनीमायाँ ।
घरघरै रहेकाे मिनुकाे आधारमा खानाखानुस् या आफ्नाे ईच्छाले खानुस् कुरा उस्तै हाे भन्नुहुन्छ पाहुना व्यवस्थापन समितिका हिम गुरुङगुरुङ । पाहुना बिदा गर्ने समयमा सेता टीका निधार भरी लगाउँदै फूलका माला लगाएर फेरफेरी भेटहुने इरादा राख्दै शुभकामना का साथ बिदाईकाे क्षेणले भावुकहुने कैयौं स्मरणीय बसाइँले जिन्दगीका समारिका लेखनमा थप अध्याय थपिन्छ ।
अन्नपूर्ण पसेपछि काे भुजुङ
================
२०५० सालबाट अन्नपूर्ण सँरक्षण क्षेत्र विकास आयाेजना पसेपछि भने भुजुङ बस्तीको सभ्यतालाई खलबस्याएर नयाँ सभ्यता प्रवेश गराएकाे छ । आयाेजना मार्फत महिला शसक्तिकरण , सीपका लागि तालिम काे शुभारम्भ गराएपछि बालबालिकाहरु राधी गाउन र सिकार खेल्न छाडेर स्कुल जान थाले , वनजँगल सँरक्षण शुरुभयाे भन्नुहुन्छ , पाका मानबहादुर गुरुङ। हाेमेस्टे गरेर पैसा कमाईन्छ भन्ने ज्ञान अन्नपूर्ण पसेपछि भएकाे जानकारहरु बताउँछन् ।
खुकुरीकाे धार र ताउलाे समाएर कसमखाने आफ्नै कानुन
===========================
भदाै महिनामा बस्ने भुजुङ्गे सभा याे गाउँ चल्ने कानुन बनाउने सभा हाे ।
सालभरका लागि ज्याला,मजदुरी ताेक्ने देखि चाेया , अनाजकाे भाउ ताेक्ने सम्मकाे मूल्य ताेक्ने गरि कानुन बनाउने आफ्नै कानुन सभा हुन्छ भुजुङमा। सभाबाट पारित विषयलाई पालना गर्न सभामा गाउँलेहरु खुकुरीकाे धार र ताउलाे समाएर सपथ खाने आफ्नै कानुन परम्पराले जिवन्त राखेकाे छ- भुजुङकाे इतिहास ।
कुमारी गाउँमै पसेपछि पनि देख्न नसकिने गरि कुमारी सरह लुकेकाे ५०० घरभुरी एक भएर शिर ठढ्याएर गुढुल्कीएकाे छ भुजुङ।
(नियात्रामा आधारित आलेखक/ कृष्ण खनाल, स्नातकोत्तर समाजशास्त्र)


