२०८१कार्तिक २१,बुधबार
हेमन्त सापकोटा, इच्छाकामना
चितवन। त्रिशूली नदिमा २४ दशमलव ५ मिटर अग्लाे बाँध उठाएर विजुली निकालिने भएकाे छ।

२०१० साल देखि २०१८ सम्म स्थलगत अध्ययन अनुसन्धान गरि वातावरण लगाएत विभिन्न प्रकारले अनुमति प्राप्त गरेपछि निर्माण कार्य थालेकाे हाे। आयाेजना गाेरखाकाे गण्डकी गाउँपालिका १ बुट्टार र चितवन तर्फ ईच्छाकामनाकाे चुम्लिङटारकाे विचमा त्रिशूली नदीमा निर्माणाधीन छ ।
विना सुरुङ ड्याम निर्माण गरि पानी तलाइने र रन अफ रिभर ( नदिमा पानी बगिरहेको अवस्था)काे अवधारणा अनुसार विद्युत उत्पादन हुने भूगर्भविद समेत रहनु भएका निर्माण कम्पनीका टेक्निकल प्रमुख इन्जिनियर दिप्यराज पन्तले श्रीखबरलाई जानकारी दिनुदिए।
विश्व बैंक ग्रुपको सँस्था ईन्टरनेशनल फाइनान्स कर्पाेरेसनकाे आर्थिक सहयाेगमा ब्लु इनर्जी प्रा.लि . निर्माण कम्पनी रहेकाे साे परियाेजनाकाे काम भने डेढ बर्षमा २० प्रतिशतमात्र सम्पन्न भएकाे जनाइएकाे छ ।
`२०२३ मार्च १६ गते आयाेजनाकाे सम्झाैता भएकाे हाे,४ बर्ष भित्र काम सम्पन गरिसक्नु पर्ने छ, समयमै काम सकिनेछ´-इन्जिनियर पन्तले भने । करिव १६ अर्ब काे लागत रहने साे आयाेजना ले ४० राेपनी जमिन व्यक्तिको र सरकारी जमिन २२ हेक्टर खरिद गरेकाे जनाएको छ। पावर हाउस नै ड्यामकाे फेदीमा रहने छ भने ३३ दशमलव ३ वाडका तीनवटा युनिट रहने छन् ।
इन्जिनियर पन्तका अनुसार पानीको सतहले साढे तीन किलाेमिटर माथिसम्म तालिने छ तल्याउन स्परनिर्माण गरेने छ । `याे आयाेजना प्रर्यावरण मैत्री अवधारणा हाे त्यसैले नदिका माछा र जलचरहरुलाई आवतजावतमा असर नपराेस् भन्ने उद्देश्यले एउटा च्याम्वर सिडिदार बन्नेछ भने पानीको सतह बढ्नासाथ ढाेकाहरु आफैँ खुल्ने प्रविधिकाे प्रयाेग हुनेछ´इन्जिनियर पन्तले भने । उनका अनुसार याे प्रविधि नेपाल कै लागि पहिलाे हाे । आयाेजना निर्माणले राष्ट्रिय रुपमा सकरात्मक प्रभाव पर्नु स्वभाविक हाे।
आयाेजनाका कारण कुरिनघाट, चुम्लिङटार आसपासमा सकरात्मक प्रभाव पर्ने निवृत्त शिक्षक तथा वाैद्धिक चुम्लिङटारका वाैद्धिक व्यक्तितब एकराज पाेख्रेल बताउँछन् । नदि भित्रै बन्ने हाइड्रोपावर भएपछि पर्यटक याे आयाेजना हेर्ने आउनेभएकाेले आन्तरिक पर्यटक बढ्न गै स्थानीय उत्पादनकाे समेत खरिद- बिक्री बढने पाेख्रेलकाे धारणा छ ।
एउटै नदिबाट ५-७ स्थानबाट बिजुली उत्पादन हुनसक्ने अपार जलभण्डारकाे देश भएरपनि अझै प्रयाप्त मात्रै विजुली उत्पादन हुन नसकेकाे र मँहगाेमा खरिद गर्नुपर्ने एकातिर भने राष्ट्रिय प्रसारण लाइनकाे उपयुक्त व्यवस्थापन हुन नसक्दा उचित वितरण नभै उत्पादित बिजुली नै खेर गै रहेकाेवर्तमान स्थितिमा याे आयाेजना समयमै सम्पन हुनु जति आवस्यक छ उत्पादित विजुलीकाे सहि व्यवस्थापन हुनु उत्तिकै जरुरी छ।


