२०८१ कार्तिक ७,बुधबार
चितवन। पूर्वगृहमन्त्री रवि लामिछानेकाे पक्षमा बचाउका लागि सडकमा भिड जम्मा भैरहेकैबेला प्रधानमन्त्री केपी ओलीले भने सहकारी ठगीमा सँलग्न जाे केहीपनि कार्वाहीमा पर्नसक्ने बताएका छन् ।
आफ्नाे नेतृत्वको सरकारले १०० दिन पारगरेकाे अवसरमा आयाेजित कार्यक्रममा उनले भने` पूर्वाग्रहका आधारमा रविलाई पक्राउ गरेकाे भन्नू केवल गलत प्रचार मात्रै हाे ।´ उनले भने- ` भीड जम्मा गरेर छानबिन र न्याय प्रभावित पार्नखाेज्ने काम निन्दनीय छ ।न्या भीडमा नभै न्यायालयबाट प्राप्त हुने हुनाले सबैले न्यायलय प्रति विश्वस्त हुनुपर्छ ।´ हिजाेका दिनमा भएका थुप्रै अनुसन्धानमा एमालेले भिड जम्मा गर्नुकाे सट्टा अनुसन्धानलाई सहयाेग गरेकाे प्रधानमन्त्रीले बताएका छन् ।
शत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि ओली नेतृत्वको सरकार ठिकैसँग चलेकाे बताएका छन् । शुरुकाे १०० हनिमुन पिरिएड भएकाे बताउँदै देउवाले भने `सरकारकाे १०० दिन सन्ताेषजनक छ ।´
देशकाे बर्तमान परिस्थिति तथा रवि लामिछाने पक्राउ लगाएका विषयमा छलफल गर्न शुक्रबार ३ बजे शत्तारुढ पार्टीको बैठक बस्ने छ।


