×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

लोकभजन र शंखध्वनी जोगाउन माधवपुरबाट सांस्कृतिक अभियान, ५ लाखको लगानीमा ऐतिहासिक प्रतियोगिता हुँदै

२०८२ माघ १०, शनिबार

Advertisement

@ रामलाल कुमाल,चितवन सम्वाददाता

श्रीखबर/रत्ननगर,युवा पुस्ताले बिस्तारै बिर्सिँदै गएको नेपाली लोकभजन, धार्मिक संस्कार र मौलिक संस्कृतिको संरक्षण तथा पुनर्जागरण गर्ने दृढ संकल्पसहित रत्ननगर–१५ स्थित माधवपुरमा “ऐतिहासिक भजन तथा शंखध्वनी प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ।

माधवपुर मठमन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समिति, रत्ननगर नगरपालिका–१५ को आयोजनामा हुन लागेको उक्त प्रतियोगिता २०८२ साल माघ २४ गते बिहान १० बजेदेखि माधवपुर खेलकुद विकास समितिको खेलमैदानमा सञ्चालन हुनेछ।

नेपाली समाजको धार्मिक आस्था, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानलाई पुनःस्थापित गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यस कार्यक्रमले माधवपुर क्षेत्रलाई भक्तिमय सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने आधार तयार गर्ने आयोजक समितिको विश्वास छ।

* ५०५ सदस्यीय मूल आयोजक समिति, ५ लाख खर्च अनुमान

कार्यक्रमको सफल सञ्चालनका लागि ५०५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। प्रतियोगिता तथा व्यवस्थापनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसमध्ये वडा कार्यालयबाट १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भइसकेको छ भने बाँकी रकम सहयोग संकलनमार्फत व्यवस्थापन गरिने आयोजक समितिले जनाएको छ।

* देशभरका भजन समूहको सहभागिता, आकर्षक पुरस्कार

प्रतियोगितामा देशभरका भजन समूह तथा शंख वादकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। भजन प्रतियोगिता तर्फ समूह दर्ता निःशुल्क राखिएको छ।

उत्कृष्ट प्रस्तुति दिने समूहलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

# भजन प्रतियोगिताका प्रमुख मापदण्डहरू:

एक समूहमा अधिकतम २० जना समूहगत पोसाक अनिवार्य प्रस्तुति समय अधिकतम १० मिनेट नेपाली मौलिकता झल्कने धार्मिक/सांस्कृतिक भजन दर्ताको अन्तिम मिति: माघ २० गते बेलुका ४ बजे

* शंखध्वनी प्रतियोगिता पनि समेटिँदै

शंखध्वनी प्रतियोगिता तर्फ ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताका लागि आवश्यक शंख आयोजक समितिले उपलब्ध गराउने व्यवस्था गरिएको छ।

# ख्यातिप्राप्त निर्णायक, कार्यक्रमको गरिमा अझ उचो

प्रतियोगिताको मूल्याङ्कनका लागि चर्चित गीतकार तथा संगीतकार अर्जुन पोरखेल, लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ लगायत ख्यातिप्राप्त व्यक्तित्वहरू सम्मिलित निर्णायक टिम रहने निश्चित भएको छ, जसले प्रतियोगिताको गरिमा र आकर्षणलाई थप उचाइ दिने विश्वास गरिएको छ।

# संस्कृति संरक्षणको साझा अभियान आयोजक समितिले यस कार्यक्रमलाई केवल प्रतियोगितामा सीमित नराखी नेपाली धर्म, संस्कृति, लोकसंगीत र सामाजिक एकताको संरक्षण अभियान का रूपमा अघि बढाउने जनाएको छ।

यस ऐतिहासिक धार्मिक–सांस्कृतिक उत्सवलाई सफल बनाउन सम्पूर्ण भजन समूह, शंख वादक, धार्मिक संघ–संस्था, युवा वर्ग, बुद्धिजीवी, समाजसेवी, आम नागरिक तथा सम्पूर्ण सञ्चारकर्मीहरूलाई प्रेस सम्मेलन मार्फत हार्दिक आह्वान गरिएको छ।

शनिबार, माघ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.