२०८३ भाद्र ११, बिहीबार
Advertisement
चितवन। नारायणी नदीले बगाएर ल्याएका शवहरकाे सँख्या बढेसँगै भरतपुर अस्पतालमा रहेकाे शवगृह भरिएका छन्।
शवगृह भरिएपछि अन्य शवलाई बाहिरै प्लास्टिकले बेरेर राख्नुपर्ने अवस्था भएपछि दुर्गन्ध फैलिन थालेकाे छ। शवहरु आउने क्रम बढेसँगै थप व्यवस्थाका लागि निर्वाचन निर्वाचन का बेला कार्यालय रहेकाे दुरसञ्चार मार्गमा रहेकाे भवनमा शव राख्नका लागि तैयारी भैरहेकाे अस्पतालले जनाएको छ।
१५ वटा शव राख्ने क्षमता भएकाे अस्पताल भरतपुर अस्पतालमा यतिखेरसम्म ६५ वटा शव राखिएको अस्पतालका सूचना अधिकारीले जानकारी दिए।
शव आउनेक्रम जारी रहेकाे र परिवारजनले आ- आफ्ना मानिसका शव पहिचानका लागि आउनेक्रम रहेकाे अस्पतालले जनाएको छ।


