×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

अग्निपरीक्षामा किरण थापा मगरको मुख्यमन्त्री पद


सत्ता गठबन्धनभित्रै विवाद, राप्रपाको मत निर्णायक; विश्वासको मत लिन मुख्यमन्त्रीलाई सकस

Advertisement

 

२०८३ भाद्र ९, मंगलबार

@ कृष्ण खनाल

श्रीखबर, चितवन/बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका लागि आजको दिन राजनीतिक रूपमा निर्णायक बन्ने भएको छ। विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री थापा मगरलाई सत्ता गठबन्धनभित्रै देखिएको विवाद र असन्तुष्टिले अप्ठ्यारोमा पारेपछि प्रदेशसभा बैठकसमेत अन्योलमा परेको छ।

सोमबार विश्वासको मतसम्बन्धी कार्यसूचीसहित बोलाइएको प्रदेशसभा बैठक दलहरूबीच सहमति जुट्न नसकेपछि पटक–पटक स्थगित भयो। दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि साँझ ५ बजे सारिएको थियो।

५ बजे पनि बैठक बस्न नसकेपछि राति ८ बजेका लागि समय तोकियो। तर राति ८ बजेको बैठकसमेत बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक मंगलबार दिउँसो ४ बजेका लागि सारेको छ। मुख्यमन्त्री थापा मगरका लागि सबैभन्दा ठूलो चुनौती राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको विवाद बनेको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रको निर्णयविपरीत एमालेका थापा मगर नेतृत्वको सरकारलाई समर्थन गरेपछि पार्टीभित्र विवाद चर्किएको हो। राप्रपा केन्द्रले सरकारलाई समर्थन नगर्ने निर्णय गरे पनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री थापा मगरलाई समर्थन गर्ने निर्णय गरेको छ। केन्द्रको निर्णयविपरीत सरकारलाई समर्थन गरेको भन्दै राप्रपाले उद्धव थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ।

सरकारमा सहभागी राप्रपाका मन्त्रीहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई समेत पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै निष्कासन गर्ने निर्णय गरिएको छ। तर प्रदेश संसदीय दलको नेतृत्व गरिरहेका उद्धव थापा पक्ष भने मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने अडानमा छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद रहेकाले उनीहरूको समर्थन मुख्यमन्त्रीका लागि निर्णायक बन्ने देखिएको छ। एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का २६ गरी गठबन्धनसँग ५१ सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको बहुमत अर्थात् कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। त्यसैले थप मतका लागि राप्रपाको भूमिका निर्णायक बनेको हो।

यसैबीच नेकपा बागमती प्रदेश संसदीय दलले आफ्ना सांसदलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ। बैठकमा अनिवार्य उपस्थित भएर विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विपसमेत जारी गरिएको छ। तर नेकपाभित्रै मन्त्री छनोटका विषयमा असन्तुष्टि देखिएपछि सत्ता गठबन्धनभित्रको अंकगणितप्रति आशंका बढेको छ।

एमालेकै संसदीय दलका नेता होइन, पूर्वस्वास्थ्यमन्त्रीलाई मुख्यमन्त्री किरण थापा मगरको मुख्यमन्त्री यात्रा आफैंमा पनि राजनीतिक चासोको विषय बनेको छ।

एमालेले प्रदेश संसदीय दलका नेतालाई मुख्यमन्त्रीका रूपमा अघि नबढाई पूर्वस्वास्थ्यमन्त्री किरण थापा मगरलाई मुख्यमन्त्रीका लागि सिफारिस गरेको थियो। एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापा मगरले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रक्रियामा प्रवेश गरेका छन्। तर सरकार गठनका बेला देखिएको गठबन्धन अहिले विश्वासको मत लिने चरणमा आइपुग्दा आन्तरिक विवादमा फसेको छ।

विशेषगरी राप्रपाको केन्द्र र प्रदेश संसदीय दलबीचको मतभेदले गठबन्धनको स्थायित्वमाथि नै प्रश्न उठाएको छ। केन्द्रले समर्थन नगर्ने निर्णय गर्ने तर प्रदेश संसदीय दलले समर्थन गर्ने अवस्था उत्पन्न भएपछि मुख्यमन्त्रीको पक्षमा आवश्यक बहुमत जुट्छ कि जुट्दैन भन्ने प्रश्न थप पेचिलो बनेको हो। आजको बैठकले तय गर्नेछ सरकारको भविष्य सोमबार दिनभर सहमति जुट्न नसकेपछि प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बजेका लागि सारिएको छ।

अब आजको बैठकले मुख्यमन्त्री थापा मगरको राजनीतिक भविष्यसँगै बागमती प्रदेश सरकारको आगामी सत्ता समीकरणसमेत निर्धारण गर्नेछ। मुख्यमन्त्री थापा मगरले विश्वासको मत पाएमा वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने बाटो खुल्नेछ। तर आवश्यक बहुमत जुटाउन नसके प्रदेश सरकार नयाँ राजनीतिक संकटमा प्रवेश गर्नेछ। त्यसैले आजको विश्वासको मत केवल मुख्यमन्त्री थापा मगरको पदको परीक्षा मात्र नभई एमाले–नेकपा–राप्रपा गठबन्धनको शक्ति, अनुशासन र राजनीतिक एकताको समेत अग्निपरीक्षा बन्ने देखिएको छ।

अब सबैको नजर बागमती प्रदेशसभाको आज दिउँसो ४ बजे बस्ने बैठकतर्फ केन्द्रित भएको छ—राप्रपाका १२ सांसद कता उभिन्छन् र मुख्यमन्त्री थापा मगरले ५३ मतको जादुई अंक पार गर्छन् कि गर्दैनन्? यही प्रश्नले आज बागमतीको राजनीतिक भविष्य निर्धारण गर्नेछ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.