२०८३ भाद्र ८, साेमबार
Advertisement
श्रीखबर/ राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)ले आफ्ना निस्काशीत सदस्य उद्धव थापालाई बागमती प्रदेशकाे उपसभामुखबाट हटाउन पत्राचार गरेकाे छ।
पार्टीको नीति विपरीत प्रदेश सरकार गठन गर्न एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउने खेलमा सकृय हुँनुकाे साथै राप्रपाका साँसदलाई मन्त्री बनाउने काममा सँलग्न भएका कारण पार्टीबाट साधारण सदस्य समेत नरहनेगरि कार्वाही सिफारिस भएका थापालाई जिम्मेवारीबाट हटाउन सँसद सचिवालयमा पत्राचार भएकाे राप्रपा केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेले सँसदीय दलका नेता जेएन थपलियाकाे सट्टा पूर्व स्वास्थ्यमन्त्री किरण गुरङ मुख्यमन्त्रीमा सिफारिस गरि नियुक्त भैसकेका छन्।


