×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

गरिमा चौधरी हत्या प्रकरण : सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

२०८३ भाद्र ६,आइतबार

Advertisement

श्रीखबर/काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा शनिबार साँझदेखि मध्यरातसम्म भएको छलफलपछि सरकार र गरिमाका अभिभावकबीच सहमति जुटेको हो। सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तथा पीडित परिवारका तर्फबाट गरिमाका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले हस्ताक्षर गरेका छन्।

सहमतिको पहिलो बुँदामा जघन्य आपराधिक घटनामा विद्यमान कानुनमा रहेको कसुर तथा सजायको व्यवस्था पुनरावलोकन गरी आवश्यक कानुन तर्जुमा वा संशोधनका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने उल्लेख छ। त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गरिने भएको छ।

समितिले जघन्य अपराधमा संलग्नलाई कठोर सजाय सुनिश्चित गर्न विद्यमान कानुनी व्यवस्थामा आवश्यक सुधारका विषयमा अध्ययन गरी सरकारलाई सुझाव दिनेछ।

त्यस्तै, दोस्रो बुँदामा पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी आवश्यक पहल गर्ने सहमति भएको छ।

तेस्रो बुँदामा गरिमाका अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार बालिकाको अन्त्येष्टि कार्य सम्पन्न गर्ने विषयमा सहमति भएको छ। गरिमामाथि भएको जघन्य अपराधपछि दोषीलाई कडा कारबाही गर्नुपर्ने तथा विद्यमान कानुनमा सुधार गर्नुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयस्तरमा विरोध तथा आन्दोलन हुँदै आएको थियो।

सरकारसँग भएको सहमतिपछि पीडित परिवारले उठाएका माग सम्बोधन गर्ने र न्यायिक प्रक्रिया अघि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हस्ताक्षर गरेका छन्।

पीडित परिवारका तर्फबाट गरिमाका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। अब सहमतिको कार्यान्वयन र ‘गरिमा न्याय सङ्कल्प समिति’ले दिने प्रतिवेदनले सरकारको प्रतिबद्धता व्यवहारमा कति रूपान्तरण गर्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.