२०८३ भाद्र ७,आइतबार
एमाले महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्। उनले अहिले पार्टीलाई पुनर्संरचना र पुनर्गठनमार्फत पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको बताए।
उनका अनुसार नेतृत्व परिवर्तन सामाजिक सञ्जाल वा बाहिरी बहसबाट नभई पार्टीको आन्तरिक प्रक्रियाबाट मात्र हुने र महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय कमिटीसँग रहेको छ। पार्टीले जनतासँगको सम्बन्ध र कार्यकर्ताको मनोबल सुधार्न कार्यदल गठन गरेको उनले जानकारी दिए।
पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका लागि अन्य दलसँग सहकार्य तथा प्रधानमन्त्रीको कार्यशैलीबारे राष्ट्रपतिसँग संवाद गर्ने तयारीसमेत रहेको बताए।
Advertisement


