×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

बढैयातालको शिक्षक मिलान विवाद : ‘विषय नमिलाई शिक्षक पठाउँदा समस्या झन् बढ्यो’ – भक्तिसागर रेग्मी


२०८३ साउन २३, शनिवार

Advertisement

श्रीखबर/बर्दिया । बढैयाताल गाउँपालिकाले अघि बढाएको शिक्षक मिलान, दरबन्दी मिलान तथा काज सरुवा प्रक्रियालाई लिएर विवाद बढिरहेका बेला गाउँपालिकाले गठन गरेको कार्यदलका सदस्यसमेत रहनुभएका विद्याज्याेति मावि कण्ठपुरका प्रधानाध्यापक भक्तिसागर रेग्मीले विषयगत आवश्यकता र विद्यालयको वास्तविक अवस्थालाई ध्यान नदिँदा समस्या उत्पन्न भएको बताउनुभएकाे छ।

वहाँले स्थायी शिक्षक पठाउँदा विषय मिलान गर्न नसकिएको, शिक्षक अभाव भएका विद्यालयमा विषय नमिल्ने शिक्षक पठाउनुपर्ने अवस्था आएको तथा एउटा विद्यालयको समस्या समाधान गर्दा अर्को विद्यालयमा समेत शिक्षक अभाव सिर्जना हुने जोखिम रहेको बताउनुभयाे।

रेग्मीका अनुसार समस्या समाधानका लागि शिक्षा समितिको निर्णय पुनर्विचार गर्नुपर्ने, विषय नमिलेका विद्यालयमा पालिकाले अनुदानमार्फत शिक्षक व्यवस्थापन गर्नुपर्ने वा विषय मिल्ने शिक्षकबीच मात्र मिलान गर्नुपर्ने आवश्यकता छ।

बढैयाताल गाउँपालिकाको शिक्षक व्यवस्थापनमा देखिएका समस्या, कार्यदलको अनुभव र समाधानका उपायबारे श्रीखबर प्रतिनिधिले कार्यदल सदस्य/ प्रअ भक्तिसागर रेग्मीसँग गरेको संक्षिप्त कुराकानी :

 

‘शिक्षक मिलान आवश्यक थियो, तर विषय र भूगोललाई पनि आधार बनाउनुपर्थ्यो’

 

# श्रीखबर प्रतिनिधि : बढैयातालमा शिक्षक मिलानको आवश्यकता किन परेको हो ?

* भक्तिसागर रेग्मी : स्थानीय सरकार बनेको झण्डै १० वर्ष पुग्न लाग्दा पनि विद्यालयमा शिक्षक व्यवस्थापनको समस्या थियो। शिक्षा नियमावली २०५९ को दशौँ संशोधनअनुसार माध्यमिक तहमा प्रधानाध्यापक व्यवस्थापन, आधारभूत तह १–५ मा दरबन्दी मिलान तथा माध्यमिक र आधारभूत १–८ तहमा काज सरुवाको काम अघि बढाइएको हो। नहुनुभन्दा केही हुनु राम्रो भन्ने सोचका साथ कमभन्दा कम समस्या हुने गरी विद्यालय, शिक्षक र विषयका आधारमा सिफारिस गर्ने प्रयास भएको थियो। ‘केही विद्यालयमा स्थायी शिक्षक निकै कम छन्’

# श्रीखबर प्रतिनिधि : कार्यान्वयनका क्रममा मुख्य समस्या के देखियो ?

* भक्तिसागर रेग्मी : पालिकाभित्रका १५ माध्यमिक विद्यालयमध्ये केहीमा स्थायी शिक्षकको संख्या निकै कम छ। कण्ठपुरमा ३, भगवतीमा ५, शारदामा ६, सरस्वती फुटाहामा ४ र अमरज्योतिमा ५ जना स्थायी शिक्षक छन्। भवानी र ज्ञानज्योतिमा समेत एक–एक स्थायी शिक्षक पद रिक्त छ। अर्कोतर्फ जयकालिका, पडरिया, डाँफे, जनप्रिय, शान्तिपुर, गोब्रेपुर, नेरा इन्दिरा र जगतीया माध्यमिक विद्यालयमा स्थायी शिक्षकको अभाव छ। ‘एउटा विद्यालयको समस्या समाधान गर्दा अर्को विद्यालयमा समस्या पर्ने अवस्था आयो’

# श्रीखबर प्रतिनिधि : स्थायी शिक्षक अभाव भएका विद्यालयमा शिक्षक पठाउँदा किन समस्या भयो ?

*भक्तिसागर रेग्मी : मुख्य समस्या विषय मिलानमा देखियो। स्थायी शिक्षक भएको विद्यालयबाट शिक्षक काजमा पठाउँदा अर्को विद्यालयमा रहेको राहत वा शिक्षण सिकाइ अनुदानका विषय शिक्षकसँग विषय मिलान गर्न सकिएन। कतिपय विद्यालयमा २, ३ वा ४ जना मात्र अस्थायी शिक्षक छन्। यस्तो अवस्थामा स्थायी शिक्षक पठाउँदा विषय नमिल्ने समस्या आयो। ‘जयकालिकामा सामाजिकको सिफारिस गरेर नेपाली शिक्षक तान्नुपर्ने अवस्था बन्यो’

# श्रीखबर प्रतिनिधि : विषय नमिल्दा कस्तो समस्या देखियो ?

* भक्तिसागर रेग्मी : जयकालिकामा सामाजिक विषयका लागि शिक्षक सिफारिस गरिएको अवस्थामा नेपाली विषयको शिक्षक तान्नुपर्ने अवस्था आयो। पडरियामा सामाजिक विषयका लागि सिफारिस गरेर विज्ञान शिक्षक तान्नुपर्ने अवस्था बन्यो। यसरी शिक्षक पठाउँदा एउटा विद्यालयको समस्या समाधान भएजस्तो देखिए पनि सम्बन्धित विषयको शिक्षक अभावका कारण अन्य विद्यालयमा पनि समस्या सिर्जना हुन्छ। ‘विषय मिलाएर शिक्षक पठाउन पाएको भए समस्या हुने थिएन’

# श्रीखबर प्रतिनिधि : कार्यदलले गर्न नसकेको मुख्य काम के हो ?

* भक्तिसागर रेग्मी : स्थायी शिक्षक पठाउँदा विषय मिलाएर सिफारिस गर्न पाउनुपर्थ्यो। उदाहरणका लागि जयकालिकामा नेपाली, अंग्रेजी, विज्ञान वा गणितमध्ये आवश्यक कुनै एक विषयको शिक्षक पठाउन सकिएको भए अहिले देखिएको समस्या पर्ने थिएन। त्यस्तै भगवती माध्यमिक विद्यालयबाट पडरियामा गणित, विज्ञान वा अंग्रेजी विषयको शिक्षक पठाउन पाएको भए दुवै विद्यालयको समस्या कम गर्न सकिन्थ्यो। ‘शिक्षक मिलानमा भूगोल पनि हेर्नुपर्छ’

# श्रीखबर प्रतिनिधि : शिक्षकलाई टाढाको विद्यालयमा पठाउँदा पनि गुनासो आएको छ नि ?

* भक्तिसागर रेग्मी : हो। आधारभूत तह १–५ र माध्यमिक तहमा विद्यार्थी–शिक्षक अनुपातका आधारमा शिक्षक झिक्ने र थप्ने विद्यालयबीचको दूरी धेरै हुँदा शिक्षकलाई असहज भएको गुनासो छ। त्यसैले शिक्षक मिलान गर्दा विद्यार्थी संख्या र विषय मात्र होइन, विद्यालयको भौगोलिक दूरीलाई पनि महत्वपूर्ण आधार बनाउनुपर्छ। ‘विषय नमिलेका विद्यालयमा पालिकाले शिक्षक अनुदान देओस्’

# श्रीखबर प्रतिनिधि : अब समाधानका लागि तपाईंको सुझाव के छ ?

* भक्तिसागर रेग्मी : पहिलो विकल्प, विषय नमिलेका विद्यालयलाई पालिकाले अनुदान दिएर आवश्यक विषयका शिक्षक राख्नुपर्छ। अर्को विकल्प भनेको मिल्ने विषयका शिक्षकबीच मात्र मिलान गर्नु हो। यसले एउटा विद्यालयको समस्या समाधान गर्न अर्को विद्यालयमा नयाँ समस्या सिर्जना हुन दिँदैन। ‘न्यून विद्यार्थी भएका केही माविलाई १–८ मा झार्न सकिन्छ’

# श्रीखबर प्रतिनिधि : अरू के गर्न सकिन्छ ?

* भक्तिसागर रेग्मी : अत्यन्त न्यून विद्यार्थी भएका र भौगोलिक अवस्थाले उपयुक्त देखिएका केही माध्यमिक विद्यालयलाई आधारभूत तह १–८ मा झार्ने विषयमा पनि पालिकाले अध्ययन गर्न सक्छ। त्यस्तै पाँच जना माध्यमिक तहका स्थायी शिक्षकसमेत नपुगेका विद्यालयलाई पालिकाले दुई–दुई जना शिक्षक अनुदान दिन सक्छ। यो असम्भव वा अत्यन्त कठिन काम होइन। ‘शिक्षा समितिको निर्णय पुनर्विचार गर्नुपर्छ’

# श्रीखबर प्रतिनिधि : अहिलेको विवाद समाधान गर्न पालिकाले तत्काल के गर्नुपर्छ ?

* भक्तिसागर रेग्मी : शिक्षा समितिको निर्णयलाई आवश्यकताअनुसार पुनर्विचार गर्नुपर्छ। जहाँ विषय नमिलेको छ, त्यहाँ पालिकाले थप शिक्षकको व्यवस्था गर्नुपर्छ। विद्यालयको वास्तविक अवस्था, विद्यार्थी संख्या, विषयगत आवश्यकता र भौगोलिक दूरीलाई आधार बनाएर निर्णय सच्याउने हो भने समस्या समाधान हुन्छ। ‘शिक्षक मिलानको उद्देश्य विद्यालय कमजोर बनाउनु होइन’

# श्रीखबर प्रतिनिधि : अन्तिममा तपाईंको धारणा के छ ?

* भक्तिसागर रेग्मी : शिक्षक मिलानको उद्देश्य कुनै विद्यालयलाई कमजोर बनाउनु होइन, सबै विद्यालयमा आवश्यक शिक्षक र विषयगत जनशक्ति पुर्‍याउनु हो।

त्यसैले अहिले देखिएका समस्यालाई प्रतिष्ठाको विषय नबनाई आवश्यकताअनुसार पुनरावलोकन गर्नुपर्छ। विद्यालय र विद्यार्थीको हितलाई केन्द्रमा राखेर निर्णय सच्याए समस्या समाधान गर्न सकिन्छ।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.