×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

जनताका प्रश्न सुन्दै बढैयाताल गाउँपालिका, सार्वजनिक सुनुवाइमा सुधारका प्रतिबद्धता

२०८३ असार ३२, बिहीबार

Advertisement

@ ज्ञानेन्द्र पाेख्रेल,सम्वाददाता, पश्चिम नेपाल

बर्दिया । बढैयाताल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को अन्तिम चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै नागरिकका गुनासा, सुझाव र जिज्ञासालाई प्रत्यक्ष रूपमा सुनेको छ।

वडा नं. ६ स्थित सभाहलमा बिहीबार आयोजित कार्यक्रममा गाउँपालिकाले प्रदान गर्दै आएका सेवा, विकास निर्माण, बजेट खर्च तथा सुशासनका विषयमा सार्वजनिक समीक्षा गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सहकारी, बडघर सञ्जाल, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले सार्वजनिक सुनुवाइ लोकतान्त्रिक उत्तरदायित्वको महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै कामका क्रममा भएका कमजोरीप्रति रचनात्मक सुझाव दिन आग्रह गरे। उनले प्राप्त सुझावलाई आत्मसात् गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

“स्थानीय सरकार नागरिकको असल अभिभावक हो भन्ने अनुभूति प्रत्येक नागरिकले गर्न सक्नुपर्छ,” अध्यक्ष त्रिपाठीले भने, “जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यबाट मात्रै सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारूले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नीतिगत चुनौती र सीमित स्रोत–साधनका बाबजुद गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि तथा पूर्वाधार विकासका क्षेत्रमा सन्तोषजनक उपलब्धि हासिल गरेको बताए। घाटा बजेटका कारण पूँजीगत खर्च अपेक्षाकृत कम देखिए पनि समग्र प्रगति उत्साहजनक रहेको उनको भनाइ थियो।

सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले सडक निर्माणमा भएको ढिलाइ, शिक्षा र स्वास्थ्य सेवाको पहुँच, कृषि प्रवर्द्धन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सेवा, स्वास्थ्य बिमा, लैङ्गिक हिंसा, भूमिसम्बन्धी समस्या, बजार अनुगमन, विपद् व्यवस्थापन तथा बढैयाताल संरक्षणलगायत विषयमा प्रश्न र सुझाव राखेका थिए।

वडा नं. ३ का महेशसिंह धामी, वडा नं. ८ की जानकीकुमारी मुडभरी, पुष्कर सापकोटा, वडा नं. ५ का बडघर तथा पत्रकार जागेश्वर सिंह थारूलगायतले विकास निर्माण र सेवा प्रवाहका विविध पक्षमा जिज्ञासा राख्दै सार्वजनिक सुनुवाइमा अपेक्षाकृत कम नागरिक सहभागिता भएको विषयसमेत उठाएका थिए।

नागरिकका प्रश्नहरूको जवाफ सम्बन्धित वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी तथा अध्यक्ष हिमालय त्रिपाठीले दिएका थिए।

कार्यक्रममा इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक अच्युत गिरीले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरीले गरेका प्रयास र उपलब्धिबारे जानकारी गराएका थिए। विकासका लागि हाम्रो प्रयास नेपालको सहजीकरणमा सम्पन्न कार्यक्रमको उद्देश्यबारे संस्थाकी अध्यक्ष मेनका चौधरीले जानकारी गराएकी थिइन्।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारूले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन पत्रकार मीन अधिकारीले गरेका थिए भने बहिर्गमन अभिमत फाराम र नागरिक प्रतिवेदनपत्रको नतिजा पत्रकार केशव कोइरालाले प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा सार्वजनिक सुनुवाइका क्रममा नागरिकले उठाएका स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विषय सम्बोधन गर्ने प्रतिबद्धतापत्रमा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारूलगायतले हस्ताक्षर गर्दै उठेका सुझावलाई आगामी कार्ययोजनामा समेट्ने प्रतिबद्धता जनाएका छन्।

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.