२०८३ असार २३, मँगलबार
Advertisement
श्रीखबर/ चितवन। भरतपुरस्थित बैष्णब रेष्टुरेन्टमा खाना खानेक्रममा सागमा शँखेकिरा भेटिएपछि चितवन प्रशासनले रेष्टुरेन्टमा ताला लगाएकाे छ।
सेवाग्राहीले खाना खानेक्रममा सागमा शँखेकिरा भेछिएपछि जिल्ला प्रशासन कार्यालयलाई खबर गरेपछि अनुगमन गर्दा सागमा शँखेकिरा भेटिएको हाे।
ताला लागेपछि रेष्टुरेन्ट सञ्चालकलाई आवस्यक सुधारगर्न प्रतिवद्ध गराउनुका साथै जरिवाना तिराउने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताउनुभयो ।
प्रशासनले खाद्य स्वत्छता र गुणस्तर कायम राख्ने विषयमा खराेरुपमा उत्रने याेजना रहेका कारण सबै हाेटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले गुणस्तरका विषयमा ध्यानदिन अनुरोध गरिएको शर्माले बताउनुभयो ।


