१९ बैशाख २०८३, शनिबार
Advertisement
सुर्खेत,जिल्ला प्रहरी कार्यालय सल्यानको नयाँ भवन निर्माणको लागि जग खन्दा वम भेटिएको छ ।
भवन निर्माणको लागि जग खन्ने क्रममा ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डा।हेमबहादुर केसी जानकारी दिए ।
जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल फेला परेको उनले जानकारी दिए ।


