२०८२ चैत १०,मँगलबार
@ शँकर खनाल,चितवन
श्रीखबर/ रत्ननगर नगरपालिकाकाे १५ नम्वर वडा स्थित माधवपुरमा `चैते दशैँ विशेष कार्यक्रमकाे आयोजना गरिने भएकाे छ।
माधवपुर र यस क्षेत्रकाे इतिहास र पहिचानलाई कालजयी बनाइराख्न कार्यक्रमकाे आयाेजना गरिएको वठा अध्यक्ष आशिष तामाङले जानकारी दिनुभयो ।
करिव ६० वर्षदेखि विभिन्न कार्यक्रमकाे आयाेजना सहित मनाउँदै आइरहेकाे चैतेदशै विशेष कार्यक्रमकाे याे ५८ अैाँ सँस्करणका लागि आयोजित कार्यक्रम भएकाे बताउँदै अध्यक्ष तामाङले भन्नुभयो `याे इतिहास र पहिचान हस्तान्तरण गर्ने निरन्तर प्रयास हाे´।
कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने विषयमा वडा कार्यलयले सराेकारवालाहरुका बीच अन्तरक्रिया र छलफल सम्पन्न गरेकाे छ।
अध्यक्ष तामाङकाे सँयाेजनमा मँगलबार वडा कार्यलय परिसरमा सम्पन्न भेलाले कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने।निर्णय गरेकाे हाे ।छलफलमा सहभागी सराेकारवाला सबैले कार्यक्रमलाई भव्य र उत्सवमय बनाउनुपर्नेमा राय व्यक्त गरेका थिए ।
माधवपुरमा विगत करिव ६० वर्ष अघिदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आइरहेकाे `चैते दशैँ – कार्यक्रम´ यस भेगकै लामाे निरन्तरताको श्रृङखला भएकाे स्थानीयहरु बताउँछन् ।
नाचगान,,नाटक, खेलकुद, तथा पीङ खेलेर मनाइने `चैतेदशै महाेत्सवलाई समय र प्रविधिकाे विकास र जन चाहना अनुरुप परिस्कृत गर्दै लगिएकाे बताउँदै यसपटककाे उत्सवमा थप आकर्षक कार्यक्रमकाे आयाेजना गरिने अध्यक्ष तामाङले बताउनुभयो ।
`चैते दशैँमा छेलाे हान्न माधपुर जात्रामा जाने´ भन्ने चर्चा दशैँ आउनुभन्दा १-२ महिना पहिल्यैबाट घरगाउँमा हल्ला हुने गरेकाे विषयलाई महत्वका साथ लिइएकाे छफफलले यसपटक पनि विभिन्न खेलकाे साथमा छेलाे हान्ने खेललाई महत्त्वपूर्ण स्थान दिइने अध्यक्ष तामाङले बताउनुभयो ।


