२०८२ फागुन ३० शनिबार
श्रीखबर/काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरेको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै सांसदका लागि नाम टुंग्याएको हो।

पार्टीले संविधानअनुसार समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै जनजाति, खस आर्य, दलित, मधेशी, थारु र मुस्लिम समुदायबाट सांसद सिफारिस गरेको जनाएको छ। सिफारिस गरिएका नामहरू अब औपचारिक प्रक्रियाका लागि निर्वाचन आयोग नेपाल मा पठाइनेछन्। आयोगले कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरू प्रतिनिधिसभाका सांसदका रूपमा घोषणा हुनेछन्।
समानुपातिकतर्फ सिफारिस भएका १६ सांसद छन्।जनजातितर्फ (४ जना): महिला- भूमिका सुब्बा गंगादेवी श्रेष्ठ, पुरुष- रामबहादुर थापा मगर र कुलभक्त शाक्य छानिएका छन्।
यसैगरी खस आर्य (५ जना)बाट : पद्मा अर्याल<टुकाभद्रा हमाल<यशोदाकुमारी बराल1 (पिछडिएको क्षेत्र) गुरु प्रसाद बराल, पुष्पराज कंडेल थारु, कृपाराम राना दलित (२ जना): महिला विष्णुमाया विके, नीता घतानी छानिएका छन्।
यसैगरी मधेशी (३ जना) महिला- रिङ्ला यादव यशोधाकुमारी यादव र पुरुष- चन्द्रेश्वर मण्डल मुस्लिम महिला साजिदा सिद्दीकीको नाम सिफारिस गरेको छ।


