×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

मतदानको दिन नजिकिँदै : अझै नखुलेको मतदाताको मन

@ कृष्ण खनाल

Advertisement

२०८२ फागुन १६, शनिबार

श्रीखबर/ निर्वाचनको मिति नजिकिँदै जाँदा देश पुनः एक निर्णायक राजनीतिक मोडतर्फ धकेलिएको छ।

चुनावी सभाहरू, नाराहरू, प्रतिबद्धताहरू र सामाजिक सञ्जालका बहसहरू उत्कर्षमा पुगे पनि वास्तविक मतदाता भने अझै मौन देखिन्छन्। प्रचारको आवाज चर्किँदै जाँदा मतदाताको मन भने “ के हाेला” भन्ने द्विविधामै अड्किएको अनुभूति हुन्छ। यसपटकको निर्वाचनको सबैभन्दा रोचक पक्ष नै यही मौनता बनेको छ।

राजनीतिक दलहरू गाउँदेखि सहरसम्म मत माग्न लामबद्ध छन्, तर मतदान केन्द्रमा पुगेर एक मिनेट लगाएर मत हाल्ने मतदाताले अन्तिम क्षणमा चिन्ह परिवर्तन गर्ने पुराना नजिरहरू अझै जीवित छन्। यही कारण परिणामको पूर्वानुमान समेत असहज बनेको छ।

*: चुनावको निर्णायक शक्ति मतदाता नै माैन –

अहिलेको राजनीतिक वातावरण हेर्दा मतदाता खुला बहसभन्दा मौन मूल्यांकनमा व्यस्त देखिन्छन्। पुराना पार्टी, नयाँ पार्टी, विभाजन भएर बनेका पार्टीदेखि नेताले आफैं स्थापना गरेका दलसम्म — सबैप्रति मतदाताको दूरी समानजस्तै देखिन्छ।

चुनावी माहोल भए पनि जनमानसमा “मौन अवधि” झैँ अवस्था सिर्जना भएको छ। पुराना भनिएका दलहरू आफूलाई सुधारिएको र नयाँ स्वरूपको रूपमा प्रस्तुत गरिरहेका छन् भने नयाँ दलहरू परिवर्तनको एक मात्र विकल्प भएको दाबी गरिरहेका छन्। तर मतदाताको मनमा उठिरहेको प्रश्न फरक छ— नारा नयाँ कि व्यवहार नयाँ?

सबै दलको साझा एजेण्डा सुशासन र विकास भए पनि मतदाताको प्रतिक्रिया भने “गफले नभिजेको चिउरा” जस्तै देखिन्छ। भाषणले होइन, अनुभवले निर्णय गर्ने मनस्थितिमा मतदाता पुगेको संकेत पाइन्छ। पुराना आधार कि नयाँ भ्रम ?

परम्परागत रूपमा बलिया मानिएका दलहरू— नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली काँग्रेस तथा पुरानै राजनीतिक धारको नयाँ आवरणमा देखिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) — आफ्ना परम्परागत मतदाता फर्किएको विश्वासमा छन्। उनीहरू बजारहल्लाभन्दा वास्तविक परिणाम फरक आउने अपेक्षामा देखिन्छन्। तर गाउँघरमा सुनिने दोहोरी बहसले

अर्को यथार्थ पनि उजागर गरिरहेको छ— भ्रष्टाचार भयो कि प्रतिशोध भयो भन्ने बहसले मतदाताको विश्वास अझै पूर्ण रूपमा फर्किएको छैन।

दलहरूबीचको आरोप–प्रत्यारोपभन्दा जनताको जीवनमा देखिएको परिवर्तन नै निर्णायक बन्ने संकेत देखिन्छ। कार्यकर्ताले टिकाएको पार्टी, नेताले बिगारेको छवि राजनीतिक दलहरू अझै कार्यकर्ताको बलमा टिकेका छन्। स्थानीय तहसम्म संगठन जोगाउने कार्यकर्ता सक्रिय रहे पनि नेतृत्वप्रति बढ्दो असन्तुष्टि लुकेको छैन।

मतदाताको बाध्यता पनि उस्तै छ— “मैले भोट हालेकै पार्टी जितोस्” भन्ने सामाजिक दबाब। यसले सार्वजनिक अभिव्यक्ति र वास्तविक मतदानबीच ठूलो अन्तर सिर्जना गरेको छ। यही कारण विश्लेषकहरू समेत यसपटकको निर्वाचन परिणामबारे स्पष्ट अनुमान गर्न हिच्किचाइरहेका छन्।

बदलिँदो चुनावी संस्कृति-

अघिल्ला निर्वाचनहरूमा देखिने प्रत्यक्ष मतदाता प्रभाव, आर्थिक प्रलोभन वा खुला ध्रुवीकरणको प्रवृत्तिमा केही परिवर्तन आएको देखिन्छ। मतदाता बढी सतर्क, तुलना गर्ने र अन्तिम समयमा निर्णय गर्ने अवस्थामा पुगेका छन्। यसपटकको चुनाव केवल सरकार गठनको प्रक्रिया मात्र होइन, जनविश्वास पुनःस्थापित गर्ने परीक्षा पनि बनेको छ।

परिणाम : आशा कि अस्थिरताको संकेत?

निर्वाचनले नेपाली जनताको भविष्य कता मोड्नेछ भन्ने प्रश्न अझै अनुत्तरित छ। परिणामले आशा पलाउनेछ कि देश फेरि राजनीतिक अस्थिरताको चक्रमा प्रवेश गर्नेछ— यसबारे ठोस निष्कर्ष निकाल्ने अवस्था अझै बनेको छैन।

तर एउटा सत्य स्पष्ट छ— मतदानको दिन नजिकिँदै जाँदा चुनावी मैदानभन्दा शक्तिशाली तत्व मतदाताको मौन मन बनेको छ। यसपटकको निर्वाचनमा नाराले होइन, मौन निर्णयले इतिहास लेख्नेछ। र त्यो निर्णय मतपेटिकाभित्र मात्र खुल्नेछ।

शनिबार, फागुन १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.