×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

विद्याज्याेति माविकाे स्वर्ण महाेत्सवमा आर्थिक सहयोग र अक्षयकोष स्थापनाकाे लर्काे

२०८२ पुष ४, शुक्रबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/ बर्दिया बढैयाताल गाउँपालिका–८, बर्दियास्थित विद्याज्योति माध्यमिक विद्यालयले आफ्नो स्थापनाको स्वर्ण महोत्सवको अवसरमा पुष ४ गतेदेखि पुष १८ गतेसम्म विविध विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ।

स्वर्ण महोत्सवसँगै विद्यालयमा अक्षयकोष स्थापना गर्नेहरूको उल्लेख्य सहभागिता देखिएको छ, जसले विद्यालयप्रति समाजको गहिरो माया र भरोसा उजागर गरेको छ।

नयाँ मुलुक बर्दियाको घना जंगलमा देशका विभिन्न भागबाट विस्थापित तथा पुनर्वास गरिएका नागरिकहरूको कठोर परिश्रम र सामूहिक प्रयासबाट स्थापना भएको यो विद्यालय आज यस भेगको शैक्षिक अभिभावकका रूपमा स्थापित भएको विद्यालयका जानकारहरू बताउँछन्।

विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीका अनुसार स्वर्ण महोत्सव मनाइरहँदा पूर्वविद्यार्थी, निवृत्त शिक्षक तथा स्थानीय अभिभावकहरूमा विशेष उत्साह र गर्वको वातावरण छ। “विद्यालयसँग जोडिएको भावनात्मक सम्बन्धले आज समाजलाई फेरि विद्यालयतर्फ फर्काएको छ,” उहाँले भन्नुभयो।

विद्यालयका संस्थापक कालदेखि लामो समय प्रधानाध्यापक रही सेवा गरेर निवृत्त हुनुभएका महेश्वर ढकालले विद्यालयलाई यस भेगको अभिभावक र सन्तान दुवैको साझा थलोका रूपमा व्याख्या गर्नुभयो। “हामीले नै स्थापना गर्‍यौँ, हामीलाई अभिभावक बनेर ज्ञानको ज्योति फैलायो— विद्याज्योतिले। सन्तान र विद्याज्योति मेरो लागि उत्तिकै प्रिय छन्,” भन्दै उहाँले स्वर्ण महोत्सवको अवसरमा रु. १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ।

प्रधानाध्यापक रेग्मीका अनुसार विद्यालयप्रतिको अविस्मरणीय सम्बन्ध र भावनात्मक लगावका कारण धेरैले आफ्ना दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने संकल्प गरेका छन्।

अक्षयकोष स्थापना गर्नेहरूमा पूर्वविद्यार्थी तथा वडा नं. ८ का वडाध्यक्ष तेजनाथ पौडेलले आफ्ना बुबा स्व. छविलाल पौडेल र आमा कौशिल्याको स्मृतिमा रु. १ लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ।

पूर्वविद्यार्थी तथा निवृत्त शिक्षक मोहनलाल रेग्मीले आफ्ना आमा–बुबाको स्मृतिमा ‘पूर्णप्रसाद–लक्ष्मी रेग्मी अक्षयकोष’ अन्तर्गत रु. १ लाख १ हजार १०५ प्रदान गर्नुभएको छ।

त्यसैगरी, पूर्वविद्यार्थी डा. कृष्णप्रसाद आचार्य, उहाँकी पत्नी डा. निरञ्जना आचार्य, विक्रम र बुहारी निर्मलाले स्व. मातापिताको स्मृतिमा ‘मातृका–राधादेवी स्मृति अक्षयकोष’ अन्तर्गत रु. १ लाख २५ हजार स्थापना गर्नुभएको छ।

स्व. खुसुमबहादुर र कुन्ती केसीका छोराहरू इन्द्र, नवराज, अशोक र विष्णु (स्व.) ले रु. १ लाख ५१ हजार १५१, स्व. मेखबहादुर रानाभाट र राधिकादेवीका छोराहरू टेकराज र खेमबहादुर रानाभाटले रु. १ लाख १ हजार ५, नरबहादुर ओली र युद्ध ओलीले स्व. रामबहादुर र टीकादेवी ओलीको स्मृतिमा रु. १ लाख १ हजार १११ को अक्षयकोष स्थापना गरेका छन्।

पूर्वविद्यार्थी तथा न्यूरो सर्जन डा. प्रकाश पौडेलले ‘उमानन्द–पिङ्गला कुमारी पौडेल स्मृति अक्षयकोष’ अन्तर्गत रु. १ लाख १० हजार, स्व. शिक्षक रामबाबु घिमिरेका छोराहरू बद्री र शुक्र घिमिरेले रु. २ लाख, पूर्वविद्यार्थी हरिप्रसाद पौडेलले रु. १ लाख, कमलहरि भण्डारीले रु. १ लाख ५ हजार ५५५ को अक्षयकोष स्थापना गर्नुभएको छ।

यसैगरी पूर्व शिक्षक खगेश्वर गौतमले ‘विद्याज्योति विद्यार्थी प्रतिभा विकास कोष’ स्थापना गरी हाललाई रु. १ लाख २५ हजार ५५५ कोषमा जम्मा गर्नुभएको छ।

विद्यालयप्रति देखिएको व्यापक सद्भावप्रति आभार व्यक्त गर्दै प्रधानाध्यापक रेग्मीले भन्नुभयो— “विद्यालयप्रति समाजले देखाउनुभएको अगाध प्रेम, विश्वास र साथप्रति विद्यालय प्रशासन नतमस्तक छ।

आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुने तथा गर्न इच्छुक सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।” स्वर्ण महोत्सवले विद्यालय, विद्यार्थी र समाजबीचको भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाएको र आगामी दिनमा समेत सहयोगका लागि विद्यालयले सबैसँग अपिल गरेको विद्यालय प्रशासनले जनाएको छ।

स्वर्ण महाेत्सवकाे अवसरमा सैँयाैँ अभिभावक,पूर्वविद्यार्थी तथा शिक्षकहरुले हजारौं रुपैयाँ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिरहेका छन् ।

शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.