२०८२ साउन १५, बिहीबार
प्राेजेक्ट नेष्ट फाउन्डेसन नेपाल रत्ननगरसँगकाे सहकार्यमा राइजिङ नेपाल टेक्निकल कलेज भरतपुरले रत्ननगर १२ स्थित घेघाैली विद्यालयमा ३ महिने प्राविधिक तालिम सञ्चालन गर्ने भएकाे छ।



अत्यन्त लाभदायक र तालिम पस्चात स्वदेश तथा विदेशमा राेजगारीकाे सम्भावना भएकाे साे कार्यक्रम अन्तर्गत इलेक्टि्रकल,वाइरिङ,तथा प्लम्विङ विषयमा तालिम प्रदान गरिने कलेजका प्रिन्सिपल गाेबिन्द खनालले जानकारी दिनुभयाे । भाद्र १ गते बाट तालिम शुरुहुने छ भने तालिम पूर्ण नि: शुल्क हुनुकाे साथै खाजा र गाडी भाडा समेतकाे व्यवस्था रहेकाे प्रिन्सिपल खनालले बताउनुभयो ।
१६ वर्ष पूरन भै ५० वर्ष भित्रका तालिम लिन इच्छुक व्यक्तिले नागरिकताकाे फाेटाेकपि र फाेटाे सहित फारम भर्न समेत कलेजले सूचना जारी गरेकाे छ । गरिब,जनजाति, दलित, सिमान्तकृत तथा बेरोजगार युवा लक्षित कार्यक्रम भएकालेे साेहि अनुसार प्राथमिकताका आधारमा तालिममा सहभागी गराइने प्रिन्सिपल खनालले बताउनुभयो ।
इच्छुक व्यक्तिले राइजिङ नेपाल टेक्निकल कलेज भरतपुर ११ काे माेवाइल नम्वर ९८४११८८३९३ मा वा रत्ननगर नगर पालिकाकाेमा सम्पर्क गर्न तथा घेघाैली स्थित विद्यालयमा सम्पर्क गरि समयमै सिट सुरक्षित गर्न कलेजकाे तालिम प्रशिक्षण शाखाले जनाएको छ।


