×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

अपर त्रिशुली–१ को सम्पर्कमा चीनको ६ सदस्यीय सुरुङ विज्ञ टोली

लोकप्रिय समाचार

  • १. सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २. रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३. नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४. चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५. नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६. बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

  • ७. खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ८. चितवनमा शव पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान, गर्मीका कारण व्यवस्थापनमा समस्या

  • ९. नेपाल पत्रकार महासँघ चितवनकाे विज्ञप्ति : समाचार सँकलनमा गएका पत्रकारलाई अवरोध,क्यामरा खाेसियाे,फाेटाे हटाइयाे

  • १०. ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

वि.पी. कोइराला : प्रजातन्त्र, राष्ट्रियता र समाजवादका सपना बोकेको एक युगपुरुष


२०८२ साउन ६,मँलबार

Advertisement

@ कृष्ण खनाल,चितवन

नेपाली जनताको स्वतन्त्रता, अधिकार र समानताका लागि जीवनभर समर्पित विश्वेश्वरप्रसाद कोइराला (वि.पी.) नेपालको राजनीतिक तथा साहित्यिक इतिहासका उज्याला तारा हुन्।

वि.पी. कोइरालाको जन्म १९७१ भदौ २४ (१९१४ सेप्टेम्बर ८) भारतको बनारसमा र निधन २०३९ साउन ६ (१९८२ जुलाई २१) मा काठमाडौंमा भएको हाे। नेपाली काँग्रेसका संस्थापक, नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री, समाजवादी विचारक र साहित्यका अब्बल स्रष्टा हुनुहुन्थ्यो काेइराला।

आजको दिनमा उहाँको स्मृतिमा उहाँका सपना, संघर्ष र सन्देश सम्झनु अत्यन्त सान्दर्भिक छ। देश गणतन्त्रमय भैरहदा राजनीतिक तथा सामाजिक परिकल्पना र वर्तमान समाजकाे विकासक्रमलाई समेतलाई वहाँकाे चेत र राजनीतिक चेतनासँग दाजेर अध्ययन गर्नुपर्ने देखिन्छ।

* नेपालको लोकतान्त्रिक आन्दोलनका नेतृत्वकर्ता वि.पी. कोइरालाले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत भाग लिँदै स्वतन्त्रताको महत्व जीवनमै महसुस गरेका थिए।

२००७ सालको क्रान्तिमा नेपाली काँग्रेसको नेतृत्व गर्दै राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र ल्याउन निर्णायक भूमिका खेल्ने मुख्यपात्र हुन्। २०१५ सालको ऐतिहासिक निर्वाचनपछि नेपाली जनताको पहिलो निर्वाचित प्रधानमन्त्री बनेर देशमा संविधान, कानुनी शासन र जनताको अधिकार स्थापित गर्न खोज्दा तत्कालीन शाही सत्तासँग उनको द्वन्द्व सुरु भयो। शाही हस्तक्षेपविरुद्ध आफ्नो अडान र राष्ट्रहितका लागि उनले जेल र नजरबन्दमा समेत लामो समय बिताए।

* राष्ट्रियता र समाजवादप्रतिको अडान

वि.पी. कोइराला सच्चा राष्ट्रवादी नेता थिए। राष्ट्रियताको संरक्षण र सुदृढीकरणका लागि उनले कुनै सम्झौता गरेनन्। नेपाललाई कुनैपनि किसिमको परनिर्भरता र बाह्य प्रभावबाट बचाउँदै स्वाधीन राष्ट्रका रूपमा विकास गर्ने दृष्टिकोण राख्थे।

त्यस्तै, समाजवाद उनका राजनीतिक जीवनको केन्द्रीय धारा थियो। उहाँको समाजवाद जनताको जीवनस्तर उकास्ने, अवसरको समानता दिने र शोषणविहीन समाज निर्माण गर्ने दिशामा केन्द्रित थियो। उहाँले भनिरहनु हुन्थ्यो: “हाम्रो समाजवाद नेपाली माटोमा रोप्न सकिने समाजवाद हुनुपर्छ।” उनको समाजवाद राज्य नियन्त्रणमा मात्र सीमित नभई उत्पादनका साधनमा जनताको पहुँच, श्रमिक–किसानको सशक्तीकरण र व्यक्तिगत स्वतन्त्रताको संरक्षणमा आधारित थियो।

# साहित्यमा वि.पी. कोइराला

राजनीति मात्र होइन, साहित्यमा समेत उहाँ एक प्रखर रचनाकार थिए। उनका कृतिहरूले नेपाली समाजको यथार्थ, प्रेम र विद्रोहको मनोविज्ञान, वर्गीय असमानता र राजनीतिक द्वन्द्वलाई कलात्मक शैलीमा चित्रण गर्छ। वहाँका चर्चित कृतिहरूमा ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘मोदी आइन’, ‘दोषी चश्मा’, ‘पालामा’ लगायतका कृतिहरू समावेश छन्। मनोविश्लेषणात्मक शैलीमा लेखिएका यी कृतिहरूमा प्रेम र स्वतन्त्रताको भावना प्रकट हुन्छ भने मानव स्वभावको द्वन्द्व र सामाजिक संरचनाको समस्या पनि उजागर हुन्छ।

वि.पी. कोइरालाका केही प्रेरणादायी उद्धरणहरू: –

“लोकतन्त्र जनताको शासन हो, कुनै पनि हालतमा म जनताको अधिकार खोसिने कुरामा सहमत हुन सक्दिनँ।”

– “प्रजातन्त्रबिना समाजवाद स्थापित हुन सक्दैन।”

-“हामीले नेपालमा राजनीतिक स्वतन्त्रता ल्यायौं, अब आर्थिक स्वतन्त्रताको संघर्ष सुरु गर्नुपर्छ।”

-“म जेल जान तयार छु, तर जनताको अधिकार र देशको स्वाभिमान बेच्न तयार छैन।”

यी उद्धरणहरूले उनको राजनीतिक दृष्टिकोण र जीवनदर्शनलाई अझ स्पष्ट बनाउँछ।

# वर्तमान सन्दर्भमा वि.पी. कोइराला

आज नेपालको लोकतन्त्र संस्थागत हुन संघर्षरत अवस्थामा छ। राष्ट्रियता आन्तरिक अस्थिरता र बाह्य चुनौतीबाट चुनौतीमा छ। आर्थिक असमानता र बेरोजगारी व्यापक छ। यस्ता अवस्थामा वि.पी. कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको त्रिसूत्रीय मार्गदर्शन आज झनै सान्दर्भिक बनेको छ। वि.पी. कोइरालाको जीवन केवल एउटा राजनीतिक यात्रा मात्र थिएन, त्यो देश, जनताको स्वतन्त्रता, अधिकार र सामाजिक न्यायको यात्रासँग गासिएको थियो।

उहाँको जीवनले आज पनि जनतालाई लोकतन्त्र र स्वतन्त्रताको संरक्षण गर्न प्रेरणा दिन्छ। वि.पी. कोइरालाको स्मृति दिवसमा उहाँको सपना र आदर्शलाई आत्मसात गर्दै हामीले सबल लोकतन्त्र, सशक्त राष्ट्रियता र न्यायपूर्ण समाज निर्माणको यात्रामा अघि बढ्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने छ।

(लेखक कृष्ण खनाल समाजशास्त्रमा स्नातकोत्तर पत्रकार हुन्)

मङ्गलबार, साउन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह
खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?
३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न
‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही
सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’
रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

लोकप्रिय

  • १.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • २.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ३.
    नालीमा डुबेर ६१ वर्षीय पुरुषको मृत्यु

  • ४.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ५.
    नारायणीमा भेटिएका २२७ शव व्यवस्थापन गर्न देवघाटको वनमा खाडल तयार

  • ६.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

भर्खरै

  • १.
    सुरुङभित्र सबैजना सुरक्षित छन्:- सञ्जय शाह

  • २.
    खोजीको अन्तिम घोषणा अगावै शोक घाेषणा —हतारो किन ?

  • ३.
    ३३८ शवको मौन समाधि : देवघाटको जङ्गलमा गाडिएका मृत्युका कथाले राज्यलाई सोधेको प्रश्न

  • ४.
    ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’: ज्ञानेन्द्र शाही

  • ५.
    सदस्यता नवीकरणमा भरतपुर–४ एमालेको देशकै ‘डिजिटल नमुना’

  • ६.
    रसुवा बाढीपीडितलाई प्रगति महिला समूहको १ लाख १ हजार सहयोग

  • ७.
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

  • ८.
    बाढीमा बेपत्ता तथा फेला परेका शवको खोजी र व्यवस्थापनमा ४३६ सैनिक परिचालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.