२०८२ असार १६, साेमबार

@ आभा पाेखरेल,चितवन
‘तिमी चितवन कि हौ’? ‘चितवन घुमेकी छौ त’ ? ‘राष्ट्रिय निकुन्ज त पक्कै घुमेकी हौली नि’ ? यी र यस्ता प्रश्नहरुको जवाफमा म मुस्कुराउदै भन्थे – पुगेको छु । अनि भन्ने गर्थेँ – धेरै थरीका जनावर पनि देखेको छु । मेरो जवाफ गर्वले भरिएको हुन्थ्यो, आखिर हुँदैन थियो पनि किन !
चितवन राष्ट्रिय निकुन्ज पर्यटनको विश्व बजारमा एक परिचित नाम हो । हात्ती, गैंडा, बाघ, भालु हेर्न आहुने मान्छे को भिड लाग्ने यो निकुन्जमा धेरै प्रजातिका चराहरु पनि पाइन्छन्| ति मध्य कुनै त नेपालले संरक्षित पक्षी र IUCN ले संकटापन्न पक्षी भनेर सुचिकृत गरेको छ| त्यस्तै दुर्लभ पक्षीहरुमा अती संकटापन्न अवस्था मा रहेको पक्षी हो खरमुजुर ।
सामान्यतः मुजुर भन्ने बित्तिकै प्वाँख फिजाएर नाचेको रङ्गिबिरङी ठूलो पक्षीको याद आउँछ ।तर त्यो भन्दा केहि भिन्न प्रकारको, आकर्, प्रकृती र स्वभाव भएको घाँसे मैदान मा पाइने दुर्लभ पक्षी हो खरमुजुर । यो पक्षीलाई अङ्रेजी मा Bengal Florican भनिन्छ| घाँसे मैदनमा उम्रीएका कलिला सिरु, खरका मुना, किरा, फट्याङ्ग्रा खाएर बच्न्ने यो पक्षीको भाले भन्दा पोथी केही ठूलो हुन्छ| भाले कालो र सेतो देखिन्छ भने पोथी खैरो हुन्छ| चितवनमा यो पक्षी चितवन राष्ट्रिय निकुन्ज र वरपरको घाँसेमैदनमा पाइन्छ ।
*दु:ख लाग्छ यो बर्ष पनि चितवन मा खरमुजुर देखा परेको छैन*

अन्तर्राष्ट्रिय संस्था Van Tienhoven Foundation,The Netherlands र स्थानीय संस्था Humanitarian and Biodiversity Conservation Society को पहलमा २०२४-२०२५ मा चितवन राष्ट्रिय निकुन्ज भित्र र वरपरका घाँसेमैदानमा ४ चरण गरी खरमुजुर को खोजिगर्ने काम भयाे।तर हाम्रो यो प्रायस सफल हुन सकेन ।
हामी डुमरिया, सुखेभार्, अमृते, पदम्पुर्, मेघौलि,चपर्चुलि, बुद्धनगर, हर्राबास्, एकपछि अर्को मैदान्, कहिले पैदल्, कहिले मचान, कहिले जीपबाट, कैले चुपचाप घन्टौ बस्यौ तर खर्मुजुर देखिएन। खोजी कार्यमा NTNC का पूर्व बरिष्ठ टेकनीसिअन कपिल पोखरेल, नेचर गाइड टेक बाहदुर गुरुङ, कमल अधिकारी मनिश लिम्बु लगएत वतवरण विज्ञानका विद्यार्थीहरू समेत सामेल हुनुहुन्थ्यो ।
खोजीकार्य सँगै हामीले घाँसेमैदान आसपासको बस्तीहरुमा सचेतना मुलक कार्यहरु गर्यौं | स्थानीय बासिन्दा र विद्यालयलाई लच्छित गरि नाटक, चित्रकला प्रतियोगिता, प्रशिक्षण, पोस्टर, ब्रोसर वितरण गरि खरमुजुर बारे जानकारी गराउने कार्य गर्यौ । घाँसेमैदान खरमुजुरको मात्र बासस्थान नभएर ठुला जनावरहरुको चरिचरण क्षेत्र पनि हो।
हाम्रो खरमुजुरको खोजी कार्यमा ठुला जनावर सँगको जम्काभेटले धेरै अविस्मरणीय जोखिमका घटना याद दिलाउँछ | बुद्धनगरमा गैडासँगकाे जम्काभेट, अमृतेबाट फर्किदा जंगली हात्ती रोनाल्डोको सम्मुखमा पर्नु, सुखेभारमा धुर्बे हातीको लुकामारी, जर्नेली पोस्ट नजिकैको भालु, सौराहाको पाटेबाघ, डुमरियामा गैंडाको बथानले हामीलाई केही समय मुटुमा ढुकढुकि बढायो। दु:ख लाग्छ यो बर्ष पनि चितवन मा खरमुजुर देखा परेको छैन। खरमुजुर खाेज्ने प्रयास निरन्तर जारी रहने छ।
घाँसे मैदानमा हिडिरहदा खरमुजुरलाई मन पर्ने छोटा शिरु, खर भन्दा अग्ला घाँस बढी भएको देख्दा बासस्थान नास भएर चितवनबाट खरमुजुर लोप हुने त हैन! शँका पनि जन्मिएकाे छ । तसर्थ, अब आउने दिनहरुमा खरमुजुरको बासस्थान संरक्षणलाई प्राथमिकता दिएर, खोजी कार्यलाई निरन्तरता दिनु पर्ने देखिन्छ ।


