२०८२ असार ४,बुधबार
© कृष्ण खनाल
चितवन । सात महिनामा अप्रेसन गरेर निकालेकाे छाेरी विनिशा ३ महिनाकी हुँदा निर्मला निराैला न्याैपानेकाे सुत्केरी बिदा सकियाे । तेरथुमबाट बिबाह गरेर मकवानपुरगढी – ५ धमिलेमा आउनुभएकी न्याैपानेलाई १२ वर्ष अगाडि छाेराे जिनिशलाई जन्माउँदा त्यति असजिलो भएन। तर छाेरी विनिशा नजन्माउँदै उनलाई पूरै वेडरेष्ट गर्नुपर्ने भयाे । बच्चा पाठेघरकाे माथिल्लो बीचभागमा बस्नुपर्नेमा एकातिर बसेछ । बच्चा बढ्दैजाँदा निर्मलालाई खपिखानु भएन । पूरै सुतेर आराम गर्नुपर्ने ।
आफ्नाे जागिर वन रक्षक। लाेग्ने नेपाल वन निगम शाखा कार्यालय चितवनमा करार/ ज्यालादारी कामदार । तलव पाएपनि नपाए पनि निर्मला त बेड रेष्ट गर्न सुत्केरी नहुँदै बिदा बसिन् । विचराे ज्यालादारी / करारकाे जागिरे बिष्णु न्याैपाने गर्भवती श्रीमतीलाई उठान – बसाउन , खाना पकाउन खुवाउन र छाेराे विनिश स्याहार्दैमा दिन गै गाे।
`पूरै रेष्ट गर्नुहुन्छ भने ७ महिनामा बच्चा निकाल्न मिल्छ नत्र कठिन छ डाक्टरले´भनेपछि विष्णुले श्रीमतीकाे सुसार गर्ने निर्णय त लिए उता दैनिके जागिरबाट भने हात नधाेई धर पाएनन् । निर्मलालाई जस्ताे समस्या ४-५ लाखमा एउटा महिलालाई पर्ने डाक्टरहरु।बताउँछन् । जेनतेन छाेरीलाई निकाले चितवनकाे एउटा प्राइभेट अस्पतालले ।
निर्मला हलुङ्गाे त भईन् खर्च र समस्या अनि पेट चिरेकाे शरीर । घर- माइती अलि टाढा छन् , आफ्नाे जागिर यता छ । सबैका आ- आफ्नै काम धन्दा छन्। सबै बेफुर्सदी भएपछि कति सहयोग माग्ने, काेसँग माग्ने । बेलाबखत ७९वर्षकी आमा आएर सहयाेग गर्नुभएकाे थियाे – भन्छिन् निर्मला। बिदा सकियाे। जाउँ सात महिनामा निकालेकाे छाेरी भर्खर ९८ दिनकाे भईन्। कि जागिरमा हाजिर कि राजिनामा हातमा । दुईजीउकी श्रीमती निर्मला हलुङ्गाे नहुँदै देखि स्याहारसुसार गरेका विष्णु भन्छन् ` श्रीमतीलाई ८९ दिनसम्म उठाउने सुताउने देखि खानपिन गर्नुपर्दा जागिर धान्न सकिएन,जागिर छाडेर आमा छाेरा र छाेरी हेर्नथालेँ । जागिर गएपनि ऋणधन साहूकर्जा नमिलाई भएन ।भएकाे जागिर गै हाे । अहिले आफैंले सानाेतिनाे स्वराेजगार पेशा शुरुगरेकाे छु´।श्रीमतीले बच्चा अफिसमै लगेर हेर्ने र जागिर धान्ने गरेकीले यसाे धन्दागर्न भ्याएकाे छु भन्छन् बिष्णु।

सहयोगी हाकिम हुँदा सजिलाे हुँदाेरहेछ—
३ महिने छाेरी च्यापिन् र जागिर खाने काेठामा काेक्राे पुर्याइन् निर्मलाले । निर्मलाकाे जागिर शुरुभयाे। छाेरी काेक्राे तान्दै कलम चलाउने काम। निर्मला डिभिजन वन कार्यलयकाे नव रक्षक ।हाकिम डिएफओ थीरबहादुर कार्की सरले निर्मलालाई सहज हाेस् भनेर दर्ता चलानी फाँटमा सारिदिएकाले जागिर धान्न सहजभएकाे निर्मला बताउनुहुन्छ । नत्र जागिर नछाेडी सुखै थिएन ।
अहिले छाेरी ४ महिनाकी भइन् । निर्मला आफ्नाे हाकिम वन कार्यलय चितवनका प्रमुख डिएफओ प्रति आभारी रहेकाे बताउँछन् । `हाकिम सरले सहयोग नगर्नुभएकाे भए सायद मैले जागिर छाेडेर जानुपर्थ्याे हाेला ´एउटा हातले नानी हल्लाउने काेक्राेकाे डाेरी र अर्काे हातले दर्ता चलानी गर्ने कलम समाउँदै घाेरिइन् निर्मला।
एउटा हातमा नानीकाे काेर्काेकाे डाेराे, अर्काे हातमा जागिरे कलम —-

`अरु कर्मचारी,साथी भाईकाे सहयाेग कस्ताे छ, कत्तिको अप्ठेरो भाछ कामगर्न ´ साेधनी गर्दा एकाएक टाेलाइन् निर्मला ।`के गर्ने पुगिसरी आकाे भए याे आपत गर्न के रहर थियाे र´ – पीडाका भावहरु पाेखिए निर्मलाका। `के गर्नु आमा भएपछि सबै सहनुपर्ने, जागिर छाेडाै के खाने । श्रीमान पनि वेराेजगार नै । जागिर धानाैँ देखिहाल्नु भा छ ´- निर्मला भन्छिन् । सहयोगी हाकिम र सहयोगी सरहरु भएकाेले जागिर धान्न सकेकाे हाे रे निर्मलाले । डिभिजन वन कार्यालय चितवनका प्रमुख थीरबहादुर कार्की – निर्मला न्याैपानेकाे समस्या प्रति आफ्नाे सहानुभूति र सहयाेग दुबै रहेकाे बताउनु हुन्छ ।`वहाँलाई सबै भन्दा सजिलाे दर्ता- चलानी फाँट हुने र बच्चालाई झलुङ्गाे राख्नपनि सजिलाे हुनेहुनाले दर्ता चलानी काे जिम्मेवारी दिइएको हाे´ कार्यालय प्रमुख कार्की ले बताउनुभयो ।
`जति दु: ख भएपनि आमा हुँ – सहनै पर्याे —

सबैकाे सहयोगले सहजै बनाएकाे छ भन्छिन् निर्मला । बुबाले भए यत्तिको कष्ट उठाउन हुन्नथ्यो हाेला आमाले त गर्नैपर्याे उनी भन्छिन् । देब्रेपारेर राखिएकाृ काेर्काेमा हाँसिरहेकी बिनिशा भने ४ महिनाकी भएपनि ठूली देखिएकीछन् ।

हँसिली ।आमाले सास्ती खाँदै जिल्ला वन कार्यालयकाे काेठाकाे कुनाबाट हुर्काएकी बालिका र दु: खमा सहयोग पुर्याउने कार्यलय प्रमुख देखि सबै सरहरुकाे गुन बाँचुन्जेल सम्झना हुने निर्मला भन्छिन् `कार्यलय प्रमुख विवेकी हुँदा कर्मचारीलाई सहज हुँदाे रहेछ , हाकिम सापप्रति आभारी छु।´- काेर्काे तान्दै निर्मलाले भनिन्।
( पत्रकार कृष्ण खनाल र वन रक्षक निर्मला न्याैपानेसँगकाे अन्तरङ्ग सम्वादमा आधारित )


