– श्रीखबर अनलाइन रिपोर्ट
२०८२ जेष्ठ १८, आइतबार
@ कृष्णप्रसाद खनाल
@ गोविन्द अधिकारी
चितवन जिल्लाको पूर्वी भेगमा अवस्थित कालिका नगरपालिका पछिल्लो केही वर्षयता उल्लेखनीय परिवर्तन र समृद्धिको मार्गमा अघि बढिरहेको छ।
२०७३ सालमा स्थापना भएको यो स्थानीय तहले सुशासन, समावेशी विकास र पारदर्शितालाई आधार बनाएर योजनाबद्ध तरिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि र नागरिक सहभागितामा उल्लेखनीय सफलता हासिल गरेको छ। मेयर विनाेद रेग्मी र उपमेयर बिमला तामाङकाे नेतृत्वमा नगरपालिका,सम्पूर्ण सँरचना र कर्मचारीकाे सकारात्मक पहलमा नै यतिखेर कालिकाबासीकाे भविष्य निर्धारित रहेकाे छ।
– सम्वृद्धिका लागि कालिका नगरपालिका का सकरात्मक पहलहरु….
* पूर्वाधार विकास : –
# ग्रामीण बाटोहरू अब कालोपत्रेमा –
कालिका नगरपालिकाले सडक पूर्वाधारमा उल्लेखनीय सुधार गरेको छ। अघिल्लो वर्ष १०.७ किमी सडक कालोपत्रे गरिएकोमा यो वर्ष झण्डै १४ किमी थप गरिएको छ। कुल बजेटको ३५ प्रतिशत पूर्वाधारमा खर्च गरिँदा गाउँदेखि बजारसम्मको आवागमन सहज भएको छ। वडा नं. १, २, ६ र ७ मा बुँकाेला र थाङ्खाेलाका कारण हुने डुवान समस्या समाधान गर्न नगरले तटबन्ध निर्माण र ढल व्यवस्थापनमा काम गरिरहेको छ। खगेडी खोलाको तटबन्ध पनि निर्माणाधीन अवस्थामा छ।
* सुरक्षित खानेपानी : अब ९० प्रतिशत घरधुरीमा पहुँच-
नागरिकको आधारभूत अधिकारको रूपमा सुरक्षित खानेपानी सुनिश्चित गर्न कालिका नगरपालिकाले १० वटा खानेपानी आयोजना सम्पन्न गरिसकेको छ। बाँकी योजनाहरू कार्यान्वयनको चरणमा छन्, जसले ९० प्रतिशत घरधुरीलाई सुरक्षित खानेपानीको पहुँचमा ल्याउने लक्ष्य राखेको छ।
- शिक्षा र स्वास्थ्यमा बलियो लगानी :-
* शिक्षा :-
नगरभित्र १० माध्यमिक विद्यालय र २५ वटा आधारभूत तहका गरि ३५ विद्यालय सञ्चालनमा छन् । विद्यालयहरूमा स्मार्ट कक्षा, शैक्षिक सामग्री वितरण र स्थानीय पाठ्यक्रम ‘प्याराे कालिका’ लागू गरिएको छ। कक्षा ३ सम्म लागू भएको यो पाठ्यक्रमलाई आधारभूत तहसम्म विस्तार गरिँदैछ। ‘बालबालिकासँग उपमेयर’ कार्यक्रम अन्तर्गत बालबालिकाको आवाज नीति निर्माणसम्म पुर्याउने प्रयास नगरले थालेको छ। साथै, विपन्न परिवारका बालबालिकाका लागि ‘नगरपालिका अभिभावक’ कार्यक्रम सञ्चालनमा छ।
* स्वास्थ्य :-
कालिकामा ७ वटा स्वास्थ्य चौकी र १ वटा प्राथमिक स्वास्थ्य केन्द्र सक्रिय छन्। नगर अस्पतालबाट दैनिक ४००–५०० बिरामी सेवा लिने गरेको छ। मातृ मृत्युदर ५ वर्षमा २.८ बाट घटेर १.३ प्रति हजारमा झरेको तथ्यांकले प्रगतिशील स्वास्थ्य सेवाको संकेत दिन्छ। ‘नगरप्रमुख स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ४०० विपिन्न घर परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिएको छ भने अनिवार्य औषधिहरु नि:शुल्क वितरण गरिँदै आएको छ।
* कृषि, पर्यटन र रोजगारी -आत्मनिर्भर अर्थतन्त्रतर्फको पाइला : –
कालिका नगरपालिकाले आधुनिक कृषि प्रविधिमा आधारित कार्यक्रम सञ्चालन गर्दै ५०० भन्दा बढी कृषकलाई मल्चिङ, ड्रिप इरिगेसन, कृषि यन्त्र जस्ता प्रविधिमा प्रोत्साहित गरेको छ। २०८० मा १ करोड रुपैयाँभन्दा बढीको अनुदान विभिन्न कृषि समूहलाई प्रदान गरिएको छ। ‘मेरो स्वरोजगार’ कार्यक्रम अन्तर्गत ३०० जना युवालाई पशुपालन, मौरीपालन, च्याउखेती, हस्तकला, महिलाहरूलाई ड्राइभिङ तालिम युवा स्वराेजगार तथा न्यूनतम राेजगारी जस्ता अवसरकाे सृजना गरिएको छ।
* धार्मिक पर्यटन प्रवर्द्धन :-
कालिका नगरपालिकाकाे नामाकरण गरिएको आस्थाको प्रतिक जुटपानीको कालिका मन्दिर, सिरेस खोला, थारु संग्रहालय तथा बौद्ध गुम्बा जस्ता स्थलहरूको संरक्षण र प्रचारमा नगर लागिपरेको छ पर्यटक लक्षित हाेमस्टे र रिसोर्ट हरु सन्चालनमा रहेका छन् । वार्षिक १० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित योजना अघि बढाइएको हाे।
- डिजिटल नगरपालिका :-
सेवा सहज, पारदर्शी र द्रुत – कालिका नगरपालिका अहिले ‘डिजिटल नगरपालिका’ अवधारणाअन्तर्गत अगाडि बढिरहेको छ। हाल १५ भन्दा बढी सेवा अनलाइन माध्यमबाट उपलब्ध छन् — जन्म/मृत्यु दर्ता, कर तिर्ने, गुनासो व्यवस्थापन, नागरिक प्रमाणपत्र वितरण आदि। -‘कालिका सेवा’ मोबाइल एपमार्फत ५,००० भन्दा बढी नागरिकले सेवा लिन थालेका छन्।
* समावेशी सहभागिता र सुशासन -निर्णय प्रक्रियामा नागरिककै आवाज:-
कालिकामा महिलाको प्रतिनिधित्व ४२% पुगेको छ भने दलित तथा जनजाति समुदायका प्रतिनिधिहरू नीतिगत तहमा सक्रिय छन्। “नगरसभा पूर्व जनसुनुवाइ” कार्यक्रममार्फत जनताबाट सुझाव संकलन गरी बजेट निर्माण गरिन्छ। याेजना तर्जुमादेखि कार्यान्वयनसम्म जनपारदर्शिता कायम रहेकाे छ।
प्रभावशाली कार्यक्रम पहलका झलकहरु….



* समृद्ध कालिका–सुखी कालिकाबासी कार्यक्रम * स्वरोजगार अभियान


* विद्यालय सुधार अभियान * नागरिक स्वास्थ्य अभियान


* नगरप्रमुख स्वास्थ्य बीमा कार्यक्रम * बालश्रम विरुद्ध अभियान

* सडक सुरक्षा अभियान * भाैतिक पूर्वाधारयुक्त वडा अभियान

* बालअधिकार कार्यक्रम
* एकल महिलाका लागि क्षमता विकास तथा स्वराेजगार कार्यक्रम


* सभ्यता र सँस्कृतिकाे सँरक्षण अभियान

* सामुहिक छलफल

* विपत व्यवस्थापन तालिम * असल अभ्यास र अनुभव साटासाट कार्यक्रम (निजगढ र कालिका बीच)
* चीउरी चमेराे सँरक्षण अभियान

* स्वराेजगार तथा राेजगारीका लागि तालिम
* घर दर्ता तथा नक्सा पास अभियान
* हाट बजार व्यवस्थापन * वडा सदस्यकाे नेतृत्वमा मेलमिलाप मार्फत न्यायमा पहूँच

* कृषक अनुदान तथा बजारमूखी कृषि कार्यक्रम

* सिकाईका लागि अन्तर्राष्ट्रिय (चाइना) भ्रमण

सँक्षेपमा, कालिका नगरपालिका एक समावेशी, उत्तरदायी र जनमुखी स्थानीय सरकारका रूपमा अगाडि बढिरहेको छ। पूर्वाधारदेखि सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसम्मका विविध क्षेत्रमा भएको यी योजनाबद्ध प्रगति भएका कारण कालिका नगरलाई चितवनकाे पहिलाे र देशकै १० अैाँ बेरुजु कम गराउने स्थानीय जिकायमा सुचीकृत हुन सफल छ।
कालिका नगरपालिकाले मुलुककै उदाहरणीय स्थानीय तहको रूपमा आफूलाई उभ्याइरहेको छ। ‘हाम्रो कालिका, राम्रो कालिका’ भन्ने नारालाई व्यवहारमा रूपान्तरण गर्दै कालिका नगरपालिका समृद्धिको दिशामा दृढताका साथ अघि बढिरहेको छ।



