२०८२ बैशाख १५, साेमबार
Advertisement
धनगढी । हतकडीसहित कैलालीबाट फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ ।
फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मानव बेचबिखन मुद्दामा पक्राउ मीना शनिबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला कार्यालयबाट हतकडी सहितै फरार भएकी थिइन् ।
दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीले लगेका थिए।हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।


