२०८१, चैत्र ११, साेमबार
दिक्षा खनाल
जुम्ला। स्याउ खेतीकाे प्रचुर सम्भावना रहेकाे हुम्ला अझै पनि उत्तिकै दुर्गम छ जति हिजाेका दिनमा थिए।
राज्यले सम्भावना देखेपनि पूर्वाधार बनाउन अघि सरेकाे नदेखिने स्थल हुम्लामा कृषिकाे विद्यार्थी हुनुकाे नाताले अध्ययनकाे सिलसिलामा हुम्ला आइपुगेकाे कृषि तथा वन विश्वविद्यालय रामपुर क्याम्पसका हामी दुई विद्यार्थी यतिखेर स्याउ खेती बारे अध्ययन गर्न हुम्ला छाैँ ।
मुख्य पूर्वाधार बाटाेकाे उचित व्यवस्थापन भैनसकेकाे, नेपागञ्ज – हुम्ला हवाई यात्रामा चरम बदमासी भै टिकट बिक्री मै दलालीतन्त्रका कारण दलाल माेटाउने र नागरिकले सास्ती पाउने गरेका हुम्लाबासीहरु भने स्याउ खेती प्रति आकर्षित भएकाे अध्ययनले देखाएकाे छ ।
उच्च पहाडी भेग,चिसाे माैसम र माटाेकाे बनावटकाे हिसावले हुम्ला स्याउ खेतीकाे सम्भावना भएकाे जिल्ला हाे भन्नेमा कुनै सन्देह देखिदैन ।
सम्भावना जति छन् – चुनाैति समेत अनगिन्ती छन् हुम्ला र हुम्ली किसानका ।

- हुम्लामा स्याउ खेतीकाे सम्भावना
———————————————
१) भाैगाेलिक र जलवायु अनुकूल छ- १५०० मिटर देखि ५००० मिटरसम्मकाे उचाइमा रहेकाे हुम्ला चिसाे भूभाग भएकाेले च्याउखेतीका लागि अनुकूल छ।
२) हुम्लाकाे माटाे च्याउका लागि उपयुक्त छ- हुम्लाको माटाेमा ५.५ देखि ७.० सम्म पिएच रहेकाे माटाेकाे बनाेट रहेकाे छ , जुन स्याउ खेतीका लागि उपयुुक्त छ।
३)बाटाे बने स्याउकाे बजार राम्रो छ- यातायातका अनेक विकल्पकाे सम्भावना प्रयाेग गर्नसके पस्चिम नेपाल देखि भारतसम्म उहाँ उत्पादित स्याउ बेच्न सकिने बजार रहेको छ।
४)स्याउ खेतीकाे माध्यमबाट हुम्ला आतनिर्भर सम्भव छ- स्याउ खाद्य परिचार मात्र नभएर पेय परिकारकाे समेत कच्चापदार्थ र श्राेत हाे । स्याउखेतीकाे माध्यमबाट मदिरा , वाइन जन्य उत्पादन र फ्रुटजन्य उत्पादन र बिक्रीका माध्यमबाट हुम्ला आर्थिक रुपमा सवल बन्ने देखिन्छ ।
५) स्याउ पाेषण युक्त आहार हाे ।
६) स्याउ र यसमा आधारित उद्योगकाे प्रवर्द्धन गर्नसके स्वस्थान मै राेजगारीकाे सृजना हुन देखिन्छ ।
* हुम्लामा स्याउ खेतीकाे चुनाैती

———————————————
१) सडक तथा पूर्वाधार नभएका कारण ढुवानी मै कठिन ।
२)अत्याधुनिक हिमपात , असिना पानी र खडेरीकाे मारमा परिरहेकाे बिगत र भविष्यमा चुनाैति हुने सम्भावा ।
३) प्रविधि र ज्ञान तथा अवसरकै कमी छ।
४)मनाङ,जुम्ला ,मुस्ताङ जस्ता जिल्ला समेत स्याउकाे उत्पादन बढ्दाे छ । हुम्लाका स्याउले यी जिल्लाका स्याउसँग बजार प्रतिस्पर्धा गर्नुपर्ने ।
निष्कर्ष :-
जुम्ला च्याउ खेतीका लागि ठिक भूगाेल क्षेत्र हाे। खेती गर्नुपूर्व नै शीप र तालिम आवस्यक देखिन्छ भने सडक तथा यातायातले हुम्लालाई सुगम बनाईनु पर्छ। हुम्लीबासीहरुलाई आधुनिक तालिम काे आवस्यकता देखिन्छ भने सरकार र निजी क्षेत्र मिलेर साँझेदारीमा च्याउ खेती लगाईनुपर्ने देखिन्छ ।
स्याउ खेतीसँगसँगै यसलाई कच्चा पदार्थका रुपमा प्रयोग भै रुपपरिवर्तन गरि हुने उत्पादनका उद्योग हरु स्थापनाकाे समानान्तर याेजना अघिबढ्न सक्याे भने हुम्लामा स्याउ खेती सम्भव छ ।
[अनुसन्धानकर्ता दिक्षा खनाल कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विएस्सी एजी अन्तिम वर्षमा अध्ययनरत अनुसन्धानकर्ता दिक्षा खनाल फाेटाे पत्रकार समेत हुन्]


