२०८१ माघ १९,शनिबार
रत्ननगर। नेकपा एमाले रत्ननगर नगर अधिवेशनकाे अवसरमा पार्टीले आफुलाई सम्मान गरेकाेमा खुशी लागेकाे रत्ननगर १४ का गाेकर्ण कट्टेलले बताउनुभएको छ।

१० अैाँ नगरअधिवेशनकाे अवसरमा आयाेजित उद्घाटन सभामा कट्टेल सहित बालकृष्ण काेइराला,मानबहादुर तामाङ,पूर्णमान श्रेष्ठ ,खड्गकुमारी ढुँगाना,छायाँदेवी गाैतम,हर्कबहा अधिकारी ,धनवीर महताे र टँकप्रसाद ढकाललाई सम्मानपत्र र दाेसल्ला सहित सम्मान गरेकाे थियाे ।
पार्टी जिन्दगीको कठिन घडीमा नेता कार्यकर्तालाई सेल्टर दिदै सँगठन विस्तारमा याेगदान गरेका कारण वहाँहरुलाई सम्मान गरिएको नगर अध्यक्ष इश्वरी अर्यालले बताउनुभयो ।
१९८५ साल मङ्सिर १ गते गाेरखाकाे कुन्दुरमा मनाेरथ र चन्द्रदेवीकाे काेखबाट जन्मनुभएका गाेकर्ण कट्टेल सानैदेखि श्रमप्रतिकाे सम्मन गर्ने स्वभावकाे हुनुभएको र मनमाेहन भरतमोहनकाे सामिव्यताबाट नेकपा माक्र्सवादी हुँदै एमाले बन्नुभएकाे जानकारहरु बताउँछन् ।
कट्टेलसहितलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पाेखरेलले दाेसल्ला ओढाएर सम्मान गर्नुभएको थियाे ।


