
कृषि तथा वन विज्ञान विश्वविद्यालय ,कृषि सङ्कायकाे आयाेजनामा यहि माघ २०देखि २२ गते ( फेब्रुअरी 2-4) विश्वविद्यालय परिसर रामपुर चितवनमा “दिगाे खाद्य प्रणालीका लागि कृषि रुपान्तरण ´´(International Conference on Agriculturl Transformation for Sustanable Food System-2025) काे आयाेजना गर्दैछ ।
नेपालमा पहिलाेपटक आयाेजना हुनगैरहेकाे साे सम्मेलनमा अमेरिका,दक्षिण काेरिया,ताइवान,नर्वे र नेपालका विज्ञहरुकाे उपस्थित रहने छ । सम्मेलनमा विभिन्न विषयका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरिने जनाइएकाे छ ।
सम्मेलनकाे तैयारी र यसले पार्ने सकरात्मक प्रभावका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमकाे सँयाेजन गरिरहनुभएका कृषि सँकायका डीन प्रा. डा. अर्जुन कुमार श्रेष्टसँग श्रीखवर अनलाइन सञ्चारका सम्पादक पत्रकार कृष्ण प्रसाद खनालले गर्नुभएको कुराकानीकाे सम्पादीत अँश:
# डाक्टर साप नमस्कार । कृषि तथा वन विज्ञान विश्वविद्यालय ,कृषि सङ्कायकाे आयाेजनामा – दिगाे खाद्य प्रणालीका लागि कृषि रुपान्तरण विषयमा अन्तर्राष्ट्रिय सममेलनकाे आयाेजना गर्दैछ । सम्मेलनकाे सँयाेजन गरिरहनुभएकाे छ, तयारी बारेमा बताइदिनुस् न ।
* धन्यवाद , हाे कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे आयाेजनामा यहि माघ २०देखि २२ गते ( फेब्रुअरी 2-4) रामपुर, चितवनमा अन्तर्राष्ट्रिय सम्मेलन हुदैछ ।कार्यक्रमकाे सँयाेजनकाे जिम्मेवारी कृषि सँकायकाे डीन हुनुकाे नाताले पनि मैले गरिरहेकाे छु ।
यस सम्मेलनमा नेपाल सहित अमेरिका , काेरिया,नर्वे,ताइवानका देशका बैज्ञानिक मुख्य वक्ताकाे रुपमा सहभागी रहनुहुने तय भएकाेछ । सम्मेलनमा प्रद्युम्न पाेखरेल र रामशरण तिमिल्सिनाकाे विशेष सम्बाेधन हुनेछ भने विभिन्न प्रकारका प्रस्तुति हुने तय भएकाे छ ।
# कस्ता खाले प्रस्तुति हुनेछन् त डाक्टरसाप
* याे सम्मेलनकाे मुख्य उद्देश्य भनेकै कृषिमा देखापरेका चुनाैतिलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा केन्द्रीत हुनेभएकाले प्रस्तुति समेत साेही अनुरुपका हुनेछन् ।
सम्मेलनमा FAO,ICIMOD.CIMMYT लगाएत ५० भन्दा बढी अनुसन्धानकर्ता , नीति निर्माता, तथा प्राध्यापक सहित ५०० भन्दा बढीको सहभागीता रहने छ। सम्मेलनमा जलवायु अनुकूल कृषि,प्राकृतिक स्राेत व्यवस्थापन ,दिगाे विकास कृषि नवप्रवर्तनका साथ कृषि नीति का बारेमा विषयगत छलफल हुनेछन् । मुख्यरुपमा खाद्य प्रणाली तथा पाेषण सुरक्षामा सुधारका बारेमन छलफल हुने छ ।
# सम्मेलनका मुख्य कार्यक्रम कस्ता रहनेनछ्न् डाक्टर साप
* मुख्य विषय नै यहि हाे कि कार्यक्रमले मुख्य विषयकाे उठान । मुख्यरुपमा कार्यक्रममा ९वटा सत्र रहनेछन ।कृषि,जलवायु सहनशीलता ,जैविक विविधताका साथै भू- स्वास्थका वारेमा मुख्य छलफल हुनेछ । निजी तथा साझेदारी र पर्वतीय खाद्यका विषयमा प्यानल छलफल हुने छ । सम्मेलनमा ६० वटा अनुसन्धान प्रतिवेदन प्रस्तुत हुने छ जसमा जलवायु,माटाे,कीट,राेग,अर्थबजार ,मत्स्य तथा पशुपालन र बैकल्पिक बाली जस्ता विषय प्रमुख छलफलकाे विषय रहने छ ।
# कार्यक्रमकाे अैाचित्य नि
* खास मर्म भनेकै कार्यक्रमकाे अैचित्यकाे प्रश्न हाे । महत्त्वपूर्ण विषय उठाउनुभएकाे मा धन्यवाद । करिव ५८ प्रतिशत नेपालीकाे दैनिक जिन्दगीसँग जाेडिदै करिव २५ प्रतिशत कुल गार्हस्थमा याेगदान रहेकै कारण याे क्षेत्रकाे समग्र विकासमा टेवापुर्याउनकै लागि छुट्टै ` कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएकाे जगजाहेर छ। विश्वविद्यालयकाे क्षेत्र भनेकाे `पठनपाठन ,अनुसन्धान र प्रसार ´ नै हाे । यस्ता राष्ट्रिय ,अन्तरास्ट्रिय सम्मेलनले साेहि विषयमा कार्यगर्ने हुनाले शुरु हुन गैरहेकाे सम्मेलनकाे महत्त्व रहनु स्वभाविकै हाे ।
सम्मेलनका माध्यमबाट विश्वभर कृषि र यस क्षेत्रमा भएका प्रयासकाे बारेमा जानकारीका साथै सम्भावनाकाे खाेजी रहने छ ।
(सम्पादक खनाल कृषि पत्रकार महासँघ बागमती प्रदेश सदस्य तथा नेपाल पत्रकार महासँघ बागमती प्रदेश पार्षद हुन् )


