९ पुस २०८१, मंगलबार
काठमाडौं, शेरा दरबारको १८४ रोपनी जग्गा भूमाफियाको कब्जामा परेको छ।
विदुर नगरपालिका–२ मा नुवाकोटको विदुरस्थित ऐतिहासिक शेरा दरबार रहेको सो जग्गा नेपाल ट्रस्टका नाममा आउनुपर्नेमा भू–माफियाको कब्जामा परेको हो।
पृथ्वीनारायण शाहले गर्मीयाममा आफ्नो समय बिताउन भनी उक्त दरबार बनाउन लगाएको इतिहासमा उल्लेख छ।
हेलेन शाहबाट १८४ रोपनीको शेरा दरबार र त्यसले चर्चेको जग्गा भूमाफियाले नामसारी गरी अन्नपूर्ण फार्मिङ प्रालिका नाममा ल्याएका थिए।
जग्गा अहिले प्लटिङ गरी बिक्री गर्न लागिएका बेला अनुसन्धानको घेरामा परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उक्त जग्गाबारे अनुसन्धान गरिरहेको छ। ‘नुवाकोटस्थित शेरा दरबारमातहतमा रहेको जग्गाबारे अनुसन्धान हुँदैछ।
जग्गालाई सिआइबीले अनुसन्धान गरिरहेको छ,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने।यो समाचार नागरिक दैनिकमा छ


