२०८१ पुष २,मँगलबार
Advertisement
हरि अधिकरी,बाँके
खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा प्रन्जली समृद्ध नेपालले खजुरा गाउँपालिका वाड नम्वर ३ मा फरक क्षमता भएकाहरुका लागि अचार बनाउने तालिम मंगलबार देखि शुरु गरिएको छ ।

खजुरा गाउँपालिकाकाे आर्थिक सहयाेगमा सम्वृद्धि नेपालले तालिमको आयाेजना गरेकाे हाे ।
कार्यबाहक अध्यक्ष सुमित्रा बि क को अध्यक्षतामा शुभराम्भ गरिएको अपांगमैत्री साे तालिमको शुभारम्भकाे अवसरमा गाउँपालिका कार्य समितिको सदस्य कृष्ण पोख्रेल बि क को प्रमुख आतिथ्य तथा वडा का सदस्य ,वडा सचिव ,स्वस्थ्य शाखाका बिज्ञका साथै सामाजिक अभियन्ता, आयोजक सँस्थाका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।
प्रशिक्षार्थीलाई दिपाली टन्डनले प्रशिक्षण दिनुहुने छ भने तालिममा २० जनाले सीप सिम्ने सँस्थाका अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो ।


