२५ मंसिर २०८१, मंगलबार
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा लुम्बिनी लायसन्ससँगको प्रतिस्पर्धामा टस जितेसँगै चितवनले फिल्डिङ गर्ने निर्णय लिएको छ । लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ ।
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो । त्यस्तै तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो ।हालसम्म खेलेका ४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ ।
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो । त्यस्तै तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो ।


