२०८१ मङ्सिर २४,साेमबार
`परदेश जाने हे युवा ,अब देश कस्ले बनाउँछ अर्काे घाँसी जन्मेका छैनन् , कुवा कसले खनाउँछ ।´ पशुपति म्युजिककाे व्यानरमा निर्माण गरिएको `अब देश कसले बनाउँछ´ गीत भित्रकाे याे शब्द लाेक गायक, सँगित, रचना तथा गायक कमल सापकोटाकाे शब्द सृजना हाे ।
जिन्दगीका कैयन माेड र घुम्तीमा साहित्यकाे बीच भागबाट आफुलाई समेल्दै दर्जनाै लाेक तथा आधुनिकता झल्कने गितकाे रचना र स्वर भरिसकेका सुपरिचित गायक तथा सँगितकार हुनुहुन्छ सापकाेटा।
देश युवा बिहिन हुँदैछ। गाउँघर रित्याउँदै छन्। देशलाई नभैनहुने युवा घरपरिवार , गाउँ पाखा पखेरा टुहुराे पारेर लर्काे लागेकाे देख्दा भतभति पाेलेकाे मनबाट निस्किएको भावनलाई शब्द र सँगितकाे माध्यमबाट समाज सामु पस्केकाे बताउनुहुन्छ सापकाेटा।
`सबै युवा गाउँ छाेड्दै शहर पस्ने र शहर छाेड्दै विदेश बस्ने भएपछि गाउँमा जिउँदा जन्ती र मर्दा मलामी बिहिन हुँदै गरेकाे दृश्यलाई गीतले समेटेकाे छ। गीतमा वरिष्ठ गायक कर्ण दासले स्वर भर्नुभएकाे छ।
कर्ण दास जस्ताे वरिष्ठ गायकले स्वर दिनुभएकोले गीतले कालजयी महत्त्व राख्ने स्रस्टा सापकाेटा बताउनुहुन्छ ।`आदरणीय कर्णदास सरले मेराे शब्द र सँगितमा बनेकाे गीतमा कालजयी स्वर प्रदान गर्नुआफूलाई ठुलाे प्रेरणा र हाैसला मिलेकाे ´- सापकोटाले श्रीखबर अनलाइन सञ्चारसँगकाे कुराकानीमा बताउनुभयाे ।
`बिहानी पख टल्किन्छ हिमाल,तराई छ हराभरा
पहाडका गरा खन्नु छ,फर्केर आउ आफ्नै घर ।´
यस्ता मर्मस्पर्शी वर्तमान समाज बाेलिरहेकाे यस कृतिलाई समाजले एक पटक आफुले आफैँलाई घाेत्ल्याउनेआशा गरिएकाे स्रष्टा कमल सापकोटा बताउनुहुन्छ ।
गीतकाे अडियाे सार्वजनिक भएकाे छ भने भिडियाेकाे काम भने हुँदैछ ।´


