×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस

प्रत्यक्ष निर्वाचित रास्ट्रपति – निवर्तमान पछि राष्ट्रिय अभिभावक

२०८२ साउन ८, बिहीबार

Advertisement

@ कृष्ण खनाल

नेपालको संविधानले राष्ट्रपतिलाई सेनाका परमाधिपति र देशको सर्वोच्च दर्जाको प्रतिनिधि बनाएको छ। तर राष्ट्रपतिको चयन र भूमिकालाई लिएर समय–समयमा उठ्ने विवाद र व्याख्यामा भने फरक–फरक दृष्टिकोणबाट देखिँदै आएको छ।

हालै नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक भूमिकामा रोक लगाउने निर्णय गरेको घटनाले यस बहसलाई फेरि तीब्र बनाएको छ। यसले प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन प्रणालीको आवश्यकता र राष्ट्रपतिको पदावधि समाप्तिपछि उनीहरूको भूमिकाबारे पुनः बहस गर्नु आवश्यक बनाएको छ।

राष्ट्रपति पदमा पुगिसकेका व्यक्तिले दलको साधारण सदस्य बन्ने र सक्रिय राजनीतिक खेलमा उत्रने अवस्था आफैंमा पदको गरिमासँग मेल नखाने अवस्था हो। तर माैजुदा कानुन र सँविधानले भने यसलाई बन्देज भने लगाएकाे छैन । तर याे व्यक्तिगत आकांक्षा भन्दा पनि राष्ट्रिय हित, पदको गरिमा र संविधानको मर्मसँग जोडिएको विषय हो।

राष्ट्रपतिको कार्यकालमा गरिने निर्णय, भनाइ र भूमिकामा दलको प्रभाव नपरोस् भन्ने उद्देश्यले संविधानले दलको सदस्यता त्याग्नुपर्ने प्रावधान राखेको हो। तर, कार्यकालपछि पुनः दलमा फर्कन मिल्ने अवस्था रहेकोले राष्ट्रपति स्वतन्त्र नभइ दलदास हुने परिस्थिति बन्ने खतरा कायम रहन्छ। त्यसैले यो विषयमा दीर्घकालीन समाधानका लागि सबै दल र नागरिक समाजबीच सहमति जुटाएर प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन प्रणालीमा जाने समय आएको छ।

यस प्रणालीमा जनताले प्रत्यक्ष राष्ट्रपतिलाई छान्नेछन्, जसले कार्यकारी भूमिकासहित जनप्रतिनिधिका रूपमा काम गर्न पाउनेछन्। यसले राष्ट्रपतिलाई दलहरूको आन्तरिक खेलभन्दा माथि राखेर राष्ट्रिय निर्णय प्रक्रियामा स्पष्ट जवाफदेही बनाउनेछ। त्यस्तै, राष्ट्रपतिको पदावधि समाप्तिपछि ती व्यक्ति फेरि कुनै राजनीतिक दलको सदस्यता नलिई स्वतन्त्र राष्ट्रव्यक्ति र राष्ट्रिय अभिभावकका रूपमा रहने, अन्तर्राष्ट्रिय कूटनीतिक संवाद र प्रतिनिधित्वमा योगदान दिने कानुनी संरचना बनाउनु आवश्यक छ। यसले पदको गरिमालाई कायम राख्नुका साथै नेपालको राजनीतिक स्थायित्व र राष्ट्रिय हितलाई समेत बलियो बनाउनेछ। हामीले ‘प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन प्रणाली र सेवा समाप्तिपछि राष्ट्रव्यक्तिका रूपमा रहने’ नीतिगत निर्णय गर्न ढिलो नगर्नु बुद्धिमानी हुनेछ।

यसका लागि संवैधानिक संशोधन, विस्तृत बहस र राजनीतिक सहमतिको खाँचो रहेको छ। तर, यसको आधारशीला अहिले नै राख्दा मात्र हामी आगामी पुस्ताका लागि जिम्मेवार शासन प्रणाली र स्थिर राष्ट्रिय संरचना तयार गर्न सफल हुनेछौं। यथास्थितिमा जारी राख्दा राष्ट्रपति पदको गरिमा दलगत विवादमा अल्झिरहनेछ, जसले राष्ट्रिय हितभन्दा दलगत लाभको राजनीतिलाई प्रश्रय दिनेछ।

त्यसैले, यो विषयमा बहसबाट अघि बढेर सहमतिमूलक निर्णय गर्दै प्रत्यक्ष राष्ट्रपतिको बाटो खोल्नु र राष्ट्रपतिलाई जीवनभरका लागि दलको प्रभावबाट मुक्त राख्नु आजको आवश्यकता बनेको छ।

बिहिबार, साउन ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एन्फा अध्यक्ष र महासचिवलाई मुद्दा चलाउन सीआईबीको सिफारिस
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.

  • ५.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ६.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ७.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ८.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.